३० आश्विन २०८३, शुक्रबार

एलआइसीले दोब्बर लाभांश दिने, सेयरधनी लाभाम्वित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

life insurance

काठमाडौँ, २० फागुन । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको १३औँ वार्षिक साधारणसभाले कम्पनीको मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५८ नगद लाभांश दिने निर्णय पारित गरेको छ ।

चालु आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले बिमालेख बिक्री गरी प्रथम बिमाशुल्क आम्दानीबापत रु एक अर्ब २८ करोड रकम सङ्कलन गर्न सफल भएको थियो । गत असार मसान्तसम्ममा यस कम्पनीमा कुल चालु बिमालेखको सङ्ख्या चार लाख पाँच हजार ८१७ र कुल जीवन बिमा कोषमा रु १५ अर्ब ५१ करोड रकम सङ्कलन भएको सहर्ष जानकारी गराइएको थियो ।

कम्पनीले कुल जीवन बिमा कोषमा ३१.६७ प्रतिशत, प्रथम बिमाशुल्क आर्जनमा ३९.६७ प्रतिशत, बिमालेख बिक्रीमा ४१.२५ प्रतिशत, लगानीतर्फ २८.३५ प्रतिशत, लगानीबाट प्राप्त आम्दानीमा २०.४५ प्रतिशतको वृद्धिदर हासिल गरेको छ ।

चालुको दोस्रो त्रैमासिक अवधिसम्ममा कम्पनीको कुल जीवन बिमा कोषमा रु १७ अर्ब ८३ करोड रकम जम्मा भइसकेको कम्पनीले जनाएको छ । यस वर्षको अन्त्यसम्ममा कम्पनीले कम्तिमा एक लाख २० हजार नयाँ बिमालेख बिक्री गरी प्रथम बिमा शुल्क आर्जनबापत रु एक अर्ब ७५ करोड रकम सङ्कलन गर्ने लक्ष्य लिएको कम्पनी सचिव विनोदकुमार भुजेलले जानकारी दिनुभयो ।