खोटाङ, २० फागुन । जिल्लाको पर्यटकीयस्थल हलेसी र दुर्छिमको चुमाखु भञ्ज्याङ जोड्ने सडक निर्माणका लागि एक दाताबाट रु तीन लाख चन्दा प्राप्त भएको छ । दुर्छिमबाट पर्यटकीय तथा धार्मिकस्थल हलेसी जोड्ने सडक निर्माणका लागि दुर्छिमका स्थानीय समाजसेवी जनकराज राईले रु तीन लाख चन्दा दिनुभएको हो ।
हाल राजधानी काठमाडौँ बसोवास गर्दै आएका पूर्व शिक्षक राईले यसअघि दुर्छिमस्थित ‘होलेसुङ–जनकराज मार्ग’ निर्माणका लागि करिब रु १० लाख चन्दा दिनुभएको थियो ।
हलेसी–५ स्थित लाँकुरी भञ्ज्याङबाट दुर्छिम–३ जोड्ने दुई किलोमिटर ४०० मिटर लामो सडक फागुन मसान्तपछि निर्माण सुरु गरिने निर्माण समितिले जनाएको छ । होलेसुङ–जनकराज मार्गको शाखाका रुपमा अर्को सडक निर्माण गर्न लागिएको निर्माण समितिले जनाएको छ ।
खोटाङबाहेक उदयपुरको बासबोटे, बलम्ता, ताम्लिछा, ठानागाउँ, बाराहालगायतका सर्वसाधारण लाभान्वित हुने यो सडक हलेसी आउन र जानका लागिसमेत उपयोगी हुने स्थानीय तामन राईले बताउनुभयो ।















प्रतिक्रिया