११ कार्तिक २०८३, बुधबार

सडकबाट सबिधान बन्दैन : वनमन्त्री आचार्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahesh-acharya

– अनिल खत्री
गुल्मी १९, फागुन । वन तथा भुसंरक्षण मन्त्री महेश आचार्यले एमाओवादीले सडकबाट सविधान ल्याउन नसक्ने बताउनु भएको छ । आठौ गणतान्त्रिक जिल्ला परिषद् गुल्मीको मगंलवार दिउसो उद्घाटन गदै मन्त्री आचार्यले कहिल्यै पनि सडकबाट सबिधान नबन्ने बताउनुभएको हो ।

अहिले सविधान छोडेर आन्दोलनमा जाने समय नभएको भन्दै एकीकृत नेकपा माओवादी लगायत वार्ताको माध्यमबाट समस्याको समाधान गर्न विपक्षी दलहरुलाई सबिधान निमार्ण प्रक्रियामा सहभागी हुन मन्त्री आचार्यले आग्रह समेत गर्नुभयो ।

उहाँले आन्दोलनका नाममा सडकमा गएर कराउदैमा केही हुनेवाला नभएको दावी गर्नुभयो । सबिधान निमार्णका लागि प्रक्रिया शुरु गदैमा केही बिग्रेको छैन भन्दै उहाँले भन्नुभयो “प्रश्नावली तयार गर्दा समेत एकीकृत नेकपा माओवादी लगायत मधेसवादी दलहरुका समेत मुद्दा समितिमा समावेश भएका छन ।”

उहाँले आज प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको चितवनमा भेटघाटले कार्यक्रमले समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो । वार्ता र संवाद मार्फत सहमति खोजेर अगाडि बढ्नुको विकल्प नरहेको बताउदै मन्त्री आचार्यले जनतालाई सडकमा ल्याएर दुःख दिने काम मोर्चाले तत्काल बन्द गरेर छलफलमा आउनैपर्छ भन्नुभयो ।

नेपाली काग्रेस, नेकपा एमाले, राप्रपा, माले, लगायत सबिधानसभामा तीन चौथाई सभाषद्हरु सबिधान निर्माण प्रक्रियाको पक्षमा रहेको र एकीकृत नेकपा माओवादी लगायत मोर्चालाई सहमतिका लागि संविधानसभामा अगाडि बढेको प्रक्रिया समेत रोकेर मोर्चालाई संवादका लागि पर्खिएको समेत नेता आचार्यले जानकारी गराउनुभयो ।

जातीय पहिचान भन्दा पनि मुलुकमा प्रतिनिधी मुलक र समावेसी पहिचान तथा सबैको अधिकार सहितको प्रदेश बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । लोकतन्त्रले नै सबै जात जाती, भाषा, धर्म, संस्कृतिको सम्बोधन गर्ने भन्दै मत्री आचार्यले सबिधान सभामा देखिएका बिवादहरु सके वार्ताबाटै नभएर लोकतान्त्रिक बिधी र प्रकृयाबाटै भएपनि टुङ्गो लाग्ने बताउनुभयो ।