इलाम, १९ फागुन । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले एकीकृत नेकपा माओवादीले सडकमा गएर कराउँदैमा सहमति गर्छु भन्नु नाटक भएको अरोप लगाउनुभएको छ ।
सहमतिका लागि वार्तामा आउनुपर्ने भन्दै सडक गएर सहमति गर्छु भन्नु नाटक मात्रै हो भन्नुभएको हो । उहाँले सकेसम्म अधिकतम सहमतिमा संविधान जारी गर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस इलामद्वारा आज आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सिंहले आन्दोलन छाडेर वार्ताको माध्यमबाट समस्याको समाधान गर्न विपक्षी दलहरुलाई आग्रह गर्नुभयो ।
उहाँले प्रधानमन्त्री सुशील कोइरालाले पनि वार्तामा बोलाएर त्यहीँबाट समस्याको समाधान खोज्न आग्रह गरिरहेको भन्दै सडकमा गएर कराउँदैमा केही नहुने बताउनुभयो ।
संविधान जारी गरुञ्जेलसम्म एमालेसँग मिलेर अघि बढ्ने बताउँदै मन्त्री सिंहले कार्यकर्तालाई आश्वस्त पार्दै भन्नुभयो, “एमाओवादी, एमाले सरकारमा हुँदा गर्न नसकेको काम हाम्रो पालामा भएको छ, अब संविधान जारी पनि हाम्रै नेतृत्वमा हुन्छ ।”















प्रतिक्रिया