३० आश्विन २०८३, शुक्रबार

इटहरीमा करोडौंको लगानीमा सुविधायुक्त होटल स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hotelइटहरी, १९ फागुन । पूर्वको सुन्दर नगरी इटहरीमा पर्यटन विकासका लागि भन्दै तीनतारे होटल सञ्चालनमा आएको छ ।
११ फागुन बाट सेवा सुरु गरेको तीनतारे पाथीभरा होटल सञ्चालनमा आएको हो । सुरुवाती सेवामा होटलले राम्रो व्यापार गरेको छ ।

पूर्वाञ्चलको इटहरी आसपासका क्षेत्रहरु पर्यटकीय दृष्टिले विकसित हुँदै गर्दा र धरान, चतरा, विराटनगर लगायत पूर्वका विभिन्न पर्यटकीय, धार्मिक, ऐतिहासिक, विभिन्न जातजातिका संस्कार र संस्कृति झल्कने लगायतका विविध महत्व बोकेका ठाउँमा आउने पर्यटकको सुविधाका लागि होटल सञ्चालनमा ल्याएइको हो ।

सुविधायुक्त र पारिवारिक वातावरणमा होटल सञ्चालन भएकोमा स्थानीयबासीले खुशी व्यक्त गरेका छन् । पाथीभरा होटलले लामो समयदेखि सुविधायुक्त होटलको मागलाई पुरा गरेको र इटहरीको विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने स्थानीयबासीको भनाई रहेको छ ।

इटहरी उपमहानगरपालिका बनेपछि उपमहानगरपालिका भित्र व्यवस्थित, मर्यादित र जिम्मेवार होटल व्यवसायको आधारभूत संरचनालाई समेत यस होटलले पुरा गर्दै आगामी दिनमा अझै राम्रा र सुविधायुक्त होटल सञ्चालनका निम्ति मार्ग प्रशस्त गरिदिएको छ ।

बिराटनगर लाइन भोजपुरे टोलस्थित विष्ट कम्प्लेक्समा खोलिएको उक्त होटलमा ९९ प्रतिशत एसी जडान गरिएको छ । २४ सै घण्टा विजुली, पानीको व्यवस्थासहित इन्टरनेटको सुविधा भएको सो होटल इटहरीमा पहिलो पटक नमुना होटल बनेको छ ।

सो होटलका प्रत्येक लजमा दराज, एलसीडी टिभी, इन्टरनेट, सोफा, फ्रिजसहित विभिन्न फुलका गमलाले सजाईएको छ । मार्वलै मार्वल प्रयोग गरी बनाइएको सो होटलमा रेष्टुरेन्ट, बार, होटल र लजसहित सुविधायुक्त कार्यक्रम हलको समेत व्यवस्था भइरहेको छ । होटलले देश विदेशका अल्कोअलयुक्त पेय पदार्थहरु विक्रीवितरण गर्ने स्वीकृती नेपाल सरकारबाट लिइसकेको छ ।

इटहरीमा आएका पाहुनाहरु असुरक्षा र सुविधायुक्त होटलको अभावमा अन्यत्र जाने बाध्यतालाई पाथीभरा होटलले सहज गरिदिएको छ ।
प्रवासमै केही समय रहेर फर्किएका व्यक्तिहरुले विकास र बिस्तारमार्फत समृद्ध समाजका निम्ती विभिन्न क्षेत्रबाट सामाजिक अभियानमा समेत ठूलै रकम खर्चिसकेका, योगदान पु¥याई सकेका विष्ट कम्प्लेक्स घर धनी ईश्वर विष्ट र लामो समय प्रवासमै रहेर होटल व्यवसायमा संलग्न रहँदै मलेसियनसँगै घरजम गरेर फर्किएका किरण बुढाथोकीको अथक प्रयासबाट सो होटल स्थापना भएको हो ।

व्यवसायिक होटल गर्दै गर्दा त्यहाँ सेवा र सुविधाका विषयले समेत प्रमुखता पाएको छ । होटलले दिने सेवा र सुविधाबाट इटहरी बञ्जित थियो त्यो सेवा सुविधासहित देश विदेशका पाहुनालाई आनन्द, मनोरञ्जनसहित पारिवारिक वातावरणमा पूर्ण सन्तुष्टि दिनका लागि होटल आवश्यक रहेको र त्यसलाई पूरा गराउन होटल खोलिएको सञ्चालकद्वय विष्ट र बुढाथोकी बताउँछन् ।

उनीहरु भन्छन– व्यवसाय गर्दैगर्दा त्यसबाट समाजले के पाउने भन्ने प्रमुख मुद्दा रहने भएकोले व्यवसायसँग सामाजिक परिवर्तन, इहटरीबासीको समृद्ध जिवनका निम्ति खेल्न सक्ने भुमिका सदैव खेल्दै सामाजिक अभियानमा समेत त्यतिकै हातेमालो गर्दै अगाडि बढ्ने सोच रहेको छ ।

स्थानीयबासीहरुको सुरक्षाका निम्ति सो चौकमा प्रहरी बिट स्थापित भईसकेको र नविल बैंक समेत सोही विष्ट कम्प्लेक्समा बसिरहेकोले पूर्ण रुपमा सुविधायुक्त ठाउँ रहेको स्थानीबासीहरुको भनाई रहेको छ ।

हालसम्म १८ जनाले विभिन्न स्तरको रोजगारी पाएको र पछि आवश्यकता बमोजिम थप गर्दै जाने लक्ष्य लिएको होटल व्यवस्थापनले चाइनिज, इन्डियनलगायत विभिन्न मिठाईहरु बनाउने स्पेशल कुकमेनहरुको व्यवस्था गरिसकेको छ । लज र विभिन्न परिकारका खानाको व्यवस्था रहेको होटल पारिवारिक वातावरणमा मात्र सञ्चालन हुने छ ।