– विजय थापा
डिसी, अमेरिका । अमेरिकाको राजधानी वाशिंटन डिसीमा जातीय बिभेद विरुद्ध आगामी मार्च १९ देखि २१ सम्म विश्व सम्मेलन आयोजना गरिने भएको छ ।
राजधानीमा अवस्थित ट्रिनिटी विश्व बिद्यालयमा हुन् लागेको सो सम्मेलनमा संसार भरबाट विभिन्न संस्थाका दुई सय भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहने छ । उपस्थित हुने ५० भन्दा बढी संस्थाहरु तथा देशहरुमा संयुक्त राज्य अमेरिका, बेलायत, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेदरल्याण्ड, डेनमार्क, फ्रान्स, बेल्जियम, तथा अन्य देशहरुबाट सहभागिता हुने छ ।
उक्त सम्मेलनमा महिला कांग्रेस एलियनोर होम्स नोर्टन ,स्टेट्स विभागकी सहायक सचिब निशा देसाईका साथै विश्व विख्यात अमेरिकी मानव अधिकार अभियानका मार्टिन लुथर किङ्ग जुनियरका छोरा मार्टिन लुथर किङ्ग जुनियर तृतीयको पनि उपस्थिति रहने छ ।
उक्त कार्यक्रममा युएस बिभागका सभासद ट्रेन्ट फ्रान्क, अमिना मोहमद, बिशेष सल्लाहकार सयुक्त राष्ट्र संघ सचिवालय, प्राध्यापक जुआन मेंडेज़ तथा युएन, बिश्व बैंक, युएसआइडी तथा यूरोपियन युनियनबाट सहभागिता हुने भएको छ ।
मानब मात्रको बिचमा भाइचारा र सह–अस्तित्व कायम गरि मानब–मानवबीचको विभेद अन्त्य गर्नका लागि गरिएको यो हातेमालो कार्यक्रममा अमेरिकी सरकारलाई यो अमानविय मानव संस्कारलाइ निमिट्यान्न पर्नेको लागि प्रतिबद्धता जाहेर गरि सहयोग पुराउनका लगि अनुरोध गरिने छ ।
उक्त कार्यक्रममा सभासद ट्रेन्ट फ्रान्क (रिपब्लिकन-एरिजोना) तथा सभासद एलियनोर होम्स नोर्टन (डेमोक्राटिक-डिसी) लाई उहाँहरुले दिएको योगदानका लागि सम्मान गरिने भएको छ ।
उक्त कार्यक्रममा नेपाली समुदायका तर्फबाट मानव अधिकारवादी कृष्ण सब, सामाजिक कार्यकर्ता डीबी सगर बिश्वकर्मा, गोपाल बिश्वकर्मा, प्रकाश नेपाल तथा नासो समुदायका पदाधिकारीहरु पनि सक्रिय रुपमा सहभागिता जनाउने भएका छन् ।
















प्रतिक्रिया