म्याग्दी, १९ फागुन । जिल्लामा आगामी आर्थिक वर्ष २०७२/७३ का लागि रु दुई अर्ब २५ करोड बराबरको बजेट तथा कार्यक्रम सोमबार सार्वजनिक गरिएको छ ।
जिविसले बेनीमा आयोजना गरेको २३ औँ जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
प्रस्तावित बजेटमा चालुतर्फ रु एक अर्ब ५० लाख ९८ हजार र पूँजीगततर्फ रु एक अर्ब २४ करोड ४९ लाख ६४ हजार रहेको छ ।
बजेटले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकास र आयआर्जन वृद्धिका योजनालाई प्राथमिकता दिएको छ ।
सडक सुविधा नपुगेको ठाउँमा नयाँ ट्रयाक खोल्ने र निर्माण भएको सडकको स्तरवृद्धि गर्ने, कृषि, पर्यटन, जलविद्युत् र घरेलु उद्यममार्फत आयमूलक पेसा र रोजगारीको अवसर सिर्जना गर्ने, सबै गाविसमा इन्टरनेट सुविधा विस्तार गर्ने योजनालाई जोड दिइएको छ ।















प्रतिक्रिया