बर्दिया, १८ फागुन । असिना र लगातारको वर्षाका कारण बर्दियामा तरकारी र मुसुरो बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय बर्दियाले जनाएको छ ।
जिल्लाका विभिन्न क्षेत्रमा परेको असिनापानीका कारण खेतमा रहेको तरकारी र मुसुरोमा असर परेको हो ।
गोला, शिवपुर, सूर्यपटुवा, ठाकुरद्वारा, नेउलापुर गाविसलगायत गुलरिया नगरपालिका क्षेत्रमा परेको असिनाका कारण तरकारी र मुसुरोमा असर परेको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत विनोद ज्ञवालीले जानकारी दिनुभयो ।
अहिलेको वर्षाले गहुँ र अडहरलाई रामै्र भए तापनि असिना परेका कारण तरकारी बाली र मुसुरोमा क्षति पुगेको छ ।
ज्ञवालीले किसानले क्षतिको विवरण पेस गरिरहेका कारण कति क्षति भयो भन्ने यकिन नभए पनि करिब तीन हजार हेक्टरमा लगाएको तरकारी बालीमा करिब आधा जति क्षति भएको हुन सक्ने बताउनुभयो ।
यसैगरी १८ हजार हेक्टरमा लगाइएको मुसुरो पनि क्षति भएको बताइएको छ ।
बर्दियाका किसानले अहिले १९ हजार ५०० हेक्टर जमिनमा गहुँखेती गरिरहेका छन् ।
अहिलेको वर्षाले गहुँ बालीलाई भने फाइदा भएको शिवपुर गाविसमा किसान उदय सुनारले बताउनुभयो ।
बर्दियाका किसानले खेती गर्दा बिमा गराउने गरेका कारण तरकारीखेती सँगसँगै अन्य नगदेबाली खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।















प्रतिक्रिया