२९ आश्विन २०८३, बिहिबार

एनआरएनको भवन निर्माणका लागि मलेसियामा ६२ लाख संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shesh Ghale– सञ्जीव दाहाल

मलेसिया, १८ फागुन । गैर आवासीय नेपाली संघ एनआरएनको भवन निर्माणका लागि सहयोग जुटाउने क्रममा एकैदिनमा ६२ लाख ४० हजार रुपियाँ जुटेको छ ।

एनआरएनमा आबद्ध मलेसियाका व्यवसायीहरुबाट चालिएको अभियानका क्रममा सो रकम संकलन भएको हो । नेपालमा एनआरएनको आफ्नै निजी भवन निर्माणका लागि मलेसियामा रहेका नेपालीले सहयोगको सुरुवात गरेका हुन् ।

मलेसियाको राजधानी क्वालालम्पुरमा शनिवार भएको कार्यक्रममा नेपाली व्यवसायीहरुले रकम सहयोग गरका हुन् । कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घलेको पनि उपस्थिति थियो ।

भवन निर्माणका लागि ६२ लाख ३९ हजार ७ सय ५६ रुपियाँ सहयोग रकम केही समयमा एनआरएन मलेसिया शाखामार्फत नेपालमा पठाइने छ ।

एनआरएनको विशेष कार्यक्रममा आर्थिक सहयोगको गर्ने सबैलाई एनआरएनका अध्यक्ष घलेले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । आफ्नै निजी भवन निर्माणका लागि काठमाडौंको बालुवाटारमा एनआरएनले दुई रोपनी जग्गा किनेको छ ।

नेपालमा आफ्नो विश्वभर रहेका गैर आवासीय नेपालीबाट सहयोग उठाएर भवन निर्माण गरिने एनआरएनएका अध्यक्ष घलेले कार्यक्रममा जनाकारी गराउनुभयो ।

रकम सहयोग गर्ने नेपाली

देवी भट्टचन्द – सात लाख रुपियाँ

हेमराज भट्टराई – सात लाख रुपियाँ

हरि भट्टराई – पाँच लाख पाँच हजार पाँच सय रुपियाँ

खगेन्द्र न्यौपाने – पाँच लाख एक हजार एक सय रुपियाँ

डेबिट श्रेष्ठ – तीन लाख ५० हजार रुपियाँ

इन्द्र लिम्बु र राजन सुब्बा – तीन लाख रुपियाँ

योगेन्द्र कुवँर – दुई लाख ५० हजार रुपियाँ

मेहेन्द्र साही – दुई लाख पाँच हजार पाँच सय ५० रुपियाँ

हाब्रेष्ट मुन ट्राभल्स – दुई लाख २२ हजार दुई सय रुपियाँ

नीरव गैली – एक लाख ५० हजार एक सय रुपियाँ

शान्ति थापा – एक लाख ५० हजार रुपियाँ

माधव श्रेष्ठ – एक लाख ५० हजार रुपियाँ

इश्वर श्रेष्ठ – एक लाख ५५ हजार ५ सय ५५ रुपियाँ

मनोज कुमार महतो – एक लाख ५० हजार रुपियाँ

विश्व राई – एक लाख ११ हजार एक सय रुपियाँ

सुभद्रा लिङ्देन – एक लाख पाँच हजार पाँच सय रुपियाँ

रमेश तिवारी – एक लाख एक सय ५१ रुपियाँ

शिव थापा – एक लाख एक हजार एक सय रुपियाँ

खगेन्द्र प्रसाद भट्टराइ – ५१ हजार रुपियाँ

विनोद पाण्डे – ५१ हजार रुपियाँ

इन्द्र गुरुङ – ३० हजार रुपियाँ