२८ आश्विन २०८३, बुधबार

एमाओवादीको भाँटा जुलुसले देशलाई के मिल्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijay-Thapa

लाठी र भाँटाको प्रयोग हतियार चलाउनु बराबर हुन्छ । शान्तिपूर्ण राजनीतिमा आइपुगेको एमाओवादी जस्तो शक्तिले भाँटा प्रदर्शन गर्नुले राजनीतिक पक्षहरुबीचको दूरी अझै बढाउने छ । यस्तो क्रियाकलाबमा संलग्न हुने राजनैतिक दलको अस्तित्व खतरामा पर्नेछ । दलप्रति बितृष्णा जाग्ने छ । गान्धीले अपनाएको सत्याग्रह किन नअपनाउने ? नि:स्शस्त्र प्रतिकार’ गर्न किन पहल नगर्ने?

भाँटा शान्तिको प्रतिक या अशान्तिको प्रतिक ? सबैभन्दा बढी त एमाओवादी नै थाहा होला । नेपालको इतिहासमा सबैभन्दा ज्यादा भाँटा शब्दको प्रयोग बिगत १० बर्षे जनयुद्धकालमा भयो । यो भन्दा अगाडि पनि भाँटा शब्द र भाँटाको प्रयोग नभएको भने चाँहि हैन ।

युगौ युगदेखि लट्ठी या भाँटा अस्तित्वमा थियो तर संचारमाध्यमको कारण भाँटा शब्द सर्वहारा वर्गको उत्थानको लागि भनिएको यद्धकालमा शिखरमा पुग्यो । १० बर्षे युद्धकालमा यस्को प्रयोग भन्दा पनि दुरूप्रयोग ज्यादा मात्रामा भयो । निर्दोष जनता पनि यसको शिकार हुन पुगेको समाचार संचारमाध्यममा पढियो । भाँटाको शक्तिले मानिस कति तह लागे, एमाओवादीसँग जबाफ होला त ?

भाँटा शब्द आउने बित्तिकै सन्त्रास हुने अवस्था आएको थियो । कारण जो सुकैले पनि भाँटा प्रहार गर्न सक्ने या कसैलाई भाँटा खाने अवस्था थियो ।

हुन त नेपालमा युगौँ युगदेखि भाटाको प्रयोग भएको हुनु पर्दछ । भगवान कृष्ण तथा राम भगवानले पनि यहि बाँसबाट तीर बनाए । राम चन्द्र भगवानले श्रीलंका आक्रमण गर्दा बाँदर सेनाले तत्कालिन समयमा लट्ठी या भाँटा पनि प्रयोग गरेका थिए ।

भाँटा कहिले पनि नराम्रो वस्तु हैन, सदुप्रयोग भयो भने जय जयकार हुन्छ दुरुप्रयोग भयो भने तिरस्कार हुन्छ । भाँटाको प्रयोग बिभिन्न अवस्थामा प्रयोग गरिन्छ। भाँटा बिशेषगरि पशुवर्गलाई बजार्न प्रयोग गरिन्छ ।

उहिलेका शिक्षकहरुले भाँटाको प्रयोग खुब गर्थे र त्यसको शिकार यो पंक्तिकार पनि भएको छ । आफूले पनि भाँटाको प्रयोग गरेको छु भन्नु पर्दा दुख लाग्दैन । आफूले पनि भाँटा प्रहार खाएको छु, गुरु र अभिभावकबाट । भुस्याहा कुकर र अटेरी गाई गोरुलाई तह लगाउने गरी आफूले पनि यसको प्रयोग गरेको छु । त्यो पनि बाल्यावस्थामा ।

बाख्रा चराउन होस् या गाई वस्तु या अन्य जनावरलाई तर्साउन बोकिने चिज यो भाटा मान्छेमा प्रयोग हुँदा मानवता रहदैन । पशु ब्यबहार ठहरिन्छ । आत्मरक्षाको लागि यो भाँटाको ठूलो भूमिका रहन्छ ।

तर बिरोधको नाममा खुलेआम यसरी भाँटाको प्रयोग भयो भने समाज भयभित हुन्छ । सकारात्मक भन्दा नकारात्मक सन्देश जान्छ । लट्ठी र भाँटाको प्रदर्शनद्वारा सहमतिमा संविधान निर्माणका लागि सत्तापक्षमाथि दबाब दिने मोर्चाले दाबी गरेको छ। इतिहासमा भाँटा कहिले यति चर्चाको शिखरमा पुगेको थिएन । २०५२ सालदेखि यसले चर्चा बटुल्यो । निक्कै बर्षसम्म अधिपत्य पनि जमायो र भाँटाको अस्तित्व लगभग समाप्त भै सकेको अवस्थामा हातमा धारिला भाँटा बोकेर एमाओवादी युवादस्ता वाइसीएलले मंगलबार राजधानीमा जुलुस निकालेपछि फेरी अचानक चर्चाको शिखरमा पुग्यो ।

भाँटाको अस्तित्व जीवितै छ भन्ने पुष्टि गरिदियो, एमाओवादीले । त्यसले नागरिक स्वतन्त्रता पूर्णबहाली गर्ने भन्दा बलको भरमा राजनीति गर्ने एमाओवादीको मिचाहापन हो कि भन्ने कुरा फेरि आमनागरिकले सोच्न बाध्य हुने अवस्था देखाएको छ ।

नागरिकले चौतर्फी व्यापक विरोध गरेपछि भाँटा बोकेर जुलुस गर्न दिने छैन भनी गृह मन्त्रालयले बिज्ञप्ति जारी गर्यो । २०६३ सालको दोश्रो जनआन्दोलनमा समेत भाँटाको प्रयोग नगरी राजतन्त्र फ्याक्न सक्ने यिनै दलहरु आज आएर भाँटाको प्रयोग गर्न किन अग्रसर हुँदैछन् ?

मूल प्रश्न त्रासको राजनीतिको हो । भाँटाले समर्थन जुट्दैन । भाँटा-भयको राज सम्भव छैन । आन्दोलन दबाब दिनकै लागि हो, अन्तरिम संविधान, शान्ति सम्झौता र १२ बुँदे समझदारीबाट बाहिर जान नदिन खबरदारी गरिएको पनि हो भनी सार्बजनिक रुपमा जबाफ दिए एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले । भाँटा साथमा लिएर हिडेपछि जस्तो सुकै संयम अपनाउँछु भने भने पनि भीडमा नियन्त्रण गर्न सकिदैन । घुसपैठ हुने प्रवल सम्भावना हुन्छ । अरुले फाईदा उठाउने हुनाले यसतर्फ ध्यान जान सक्यो भने निर्दोष आम नागरिकले निहत्था भाँटा खाने सम्भावना कम हुने हुन्छ ।

एकाइसौ शताब्दीमा अब भाँटाको कुनै जरुरत छैन । यसले विवाद र मुठभेड जन्माउँछ । भाँटा शान्तिको प्रतिक भन्दा अशान्तिको प्रतिक हुन्छ । हिन्दी उखान छ ूजसको लाठी उसकै भैंसी ू शायद यस्तो मानसिकता रही सडकमा नागरिकमाथि गरेको भाँटा प्रहारले राजनीतिमा कति असर पर्छ भन्ने हेक्का राख्नु पर्दछ ।

लट्ठी या भाँटा बोकेर प्रदर्शन शान्तिपूर्ण हुन्छ ? भाँटा नेपालीहरुको आफ्नो हतियार हो ? भाँटा बोक्दा नागरिक स्वाभाविक रुपले आतंकित हुन्छन । प्रदर्शनमा भाँटा प्रहारका छिटपुट घटना घटे वातावारण तनाबपूर्ण आफै बन्छ । जनता त्राहीमाम हुन्छन ।

एकल रुपमा बोकेको भाटा या लट्ठीले त्रास जन्माउँदैन, तर हजारौ हजारको संख्यामा लट्ठी या भाटा बोक्नुले अर्को अर्थ दिन्छ । सार्वजनिक ठाउँमा हुलका हुल लठ्ठी बोकेर हिडे गैरकानुनी हुन्छ या हुदैन ?

लाठी र भाँटाको प्रयोग हतियार चलाउनु बराबर हुन्छ । शान्तिपूर्ण राजनीतिमा आइपुगेको एमाओवादी जस्तो शक्तिले भाँटा प्रदर्शन गर्नुले राजनीतिक पक्षहरुबीचको दूरी अझै बढाउने छ । यस्तो क्रियाकलाबमा संलग्न हुने राजनैतिक दलको अस्तित्व खतरामा पर्नेछ । दलप्रति बितृष्णा जाग्ने छ । गान्धीले अपनाएको सत्याग्रह किन नअपनाउने ? नि:स्शस्त्र प्रतिकार’ गर्न किन पहल नगर्ने?

आगे उनीहरुले जानुन ।