काठमाडौं । के तपाई चिया पिउन मन पराउनुहुन्छ ? यदी हो भने अब तपाइले दिनमा तीन कप चिया पिउन सुरु गरे हुन्छ । यसले तपाईलाई धेरै फाइदा पुर्याउने छ ।
एक अध्ययनका अनुसार दिनमा तीन कप चिया पिउदा स्वास्थ्यलाई धेरै फाइदा गर्छ । त्यो चिया दुधको किन नहोस । जस्तो सुकै चिया पिउनुहोला । दुध चिया भन्दा कालो चियाले बढी फाइदा हुनेछ ।
फ्रैर्मिंघम स्टेट यूनिभर्सिटीका शोधकर्ताले आफ्नो अध्ययनमा यस्तो फाइदा पत्ता लगाएका हुन् । दिनमा तीन कप चिया पिउनुभएमा ब्लड शुगर (मधुमेह) नियन्त्रण गर्नमा मद्दत पुर्याउछ । साथै डायबिटीजको खतरा पनि कम गर्छ ।
कालो चियामा भएको प्राकृतिक तत्वले रगतमा ग्लूकोजको मात्रालाई नियन्त्रण गर्न फाइदाजनक छ । त्यती मात्र होइन यदी चियामा दुध मिसाएर पनि यो प्रक्रिया रही रहन्छ ।
शोधका बेला अमेरिका र जापानका वैज्ञानिकले कालो चियाका तत्वलाई प्रयोगशालामा परीक्षण गरेका थिए ।
शोधकर्ता लीजा स्ट्रीगलले आफ्नो अध्ययनमा मनतातो पानीमा चिया मिसाउदा त्यसबाट निकल्ने तत्वले ग्लूकोज नियन्त्रणमा मद्दत गर्छ ।एजेन्सीको सहयोगमा














प्रतिक्रिया