– रामसुन्दर आचार्य
काभ्रे, १७ फागुन । बीउ उत्पादनमा सरकारले सहयोगको घेरा बढाउनुपर्ने काभ्रेका कृषकहरुले माग गरेका छन् ।
आइतबार जिल्ला कृषि कार्यालय काभ्रेमा भएको सरोकारवालासंग भएको अन्तरक्रिर्यामा कृषकहरुले यस्तो माग राखेका हुन् ।
‘राज्यले थोरै मात्र अनुदान दिन्छ, हामीले धेरै लगानी गर्नु पर्छ, वीउको उत्पादनमा नष्ट भयो भने हामीले नै ऋण बोक्नु पर्छ सरकारले किन कृषकलाई अनुदान कम राख्छ ?’ काभ्रे कोशीपारीका कृषक कृष्ण गौतमले भने ।
बीउ उत्पादनसंगै बीउको रुपान्तरण भएमा प्रतिफल राम्रो हुने गर्छ । तर आर्थिक कारणले नै किसानहरु मारमा पर्ने गरेका छन् । जिल्लामा पछिल्लो तथ्याङक अनुसार ११ प्रतिसत मात्र रुपान्तरित वीउ उत्पादन हुने गरेको छ ।
गुणस्तरीय वीउ उत्पादन गरेमा मात्र यसको प्रतिफल किसानहरुले प्रत्यक्ष रुपमा लिनपाउने भएकाले जिल्ला कृषि कार्यालयले किसानहरुलाई आवश्यक सहयोग गर्न तयार रहेको जिल्ला कृषि कार्यालयका वरिष्ट कृषि विकास अधिकृत दिपक पौडेलले बताए ।
वीउ उत्पादन गर्दा ऐनलाई समेत ख्यालमा राखेर वीउको विमालाई प्रयोग गरेमा किसानहरुलाई धेरै जोखिम मोल्न नपर्ने पौडेलले जानकारी दिए । जिल्लामा खाद्य वीउ तथा तरकारीका वीउ उत्पादन गर्न किसानहरु सामुहिक रुपमा अगाडी बढेका छन् ।















प्रतिक्रिया