३० आश्विन २०८३, शुक्रबार

कोरियामा ज्यान गुमाएका भण्डारीको शव नेपालमा ल्याइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काँकडभिट्टा (झापा)। नौ दिनअघि कोरियामा मृत्यु भएका झापा धुलाबारीका छविलाल भण्डारीको आज दाहसंस्कार गरिएको छ ।

गत वर्ष चैत २४ गते वैदेशिक रोजगारका लागि कोरिया पुगेका २५ वर्षीय भण्डारीलाई गत शुक्रबार त्यहीँको जङ्गलमा साथीहरुले मृत फेला पारेका थिए ।

साथीले नै कोरियास्थित नेपाली राजदूतावासमा भण्डारी मृत फेला परेको जानकारी गराएपछि उनको शव नेपाल ल्याउन पहल गरिएको थियो ।

दूतावास र भण्डारी परिवारको पहलमा हिजो उनको शव नेपाल ल्याइएको थियो । उनको आजै हिन्दू परम्पराअनुसार निन्दा नदीमा दाहसंस्कार गरिएको छ । रासस