३० आश्विन २०८३, शुक्रबार

अब सहकारीले दुई प्रतिशत ब्याजमै ऋण पाउँने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

loan-काठमाडौं, १६ फागुन । कृषिमन्त्री हरि पराजुलीले दाँम्लोले नबाँधी खुला स्थानमा राखेर गाईपालन गरे दूध उत्पादनमा साविकभन्दा १५ प्रतिशत वृद्धि हुने बताउनुभएको छ । भरतपुरमा रहेको सौगात एनिमल फामको स्थलगत अनुगमन पछि उहाँले यस्तो बताउनुभएको हो ।

सौगात एनिमल फामले नमुनाको रुपमा गाईलाई दिनभरि निश्चित क्षेत्र छुट्याएर दाँम्लोले नबाँधी खुला छाड्ने गरेको छ । उक्त सौगात एनिमल फामले अहिलेसम्म तीन वटा उत्कृष्ट पुरस्कारसमेत पाइसकेको छ । फामका प्रबन्धक युवा किसान विनोद सापकोटाका अनुसार फार्मले राष्ट्रिय युवा प्रतिभा पुरस्कार, उत्कृष्ट राष्ट्रपति कृषि पुरस्कार र नमुना फामको पुरस्कार प्राप्त गरिरकेको छ । उक्त फाममा अहिले ३५ गाई छन् ।

रु ५० लाखको लगानी रहेको फामले दैनिक १५० लिटर दूध उत्पादन हुँदै आएको र दूधको बजारसमेत आफैँले व्यवस्थापन गर्दै आएको छ । यस्तै कृषि मन्त्री पराजुलीले आजै भरतपुरको त्रिपुरेश्वर कृषि सहकारी संस्थामा भएको एक कार्यक्रममा रु १० लाख बढी ऋण कारोबार गर्न सफल कृषि सहकारीलाई सरकारले सहयोग गर्ने नीति रहेको बताउनुभयो ।

उहाँले यस्ता सहकारीलाई रु दुई करोडदेखि २० करोडसम्म दुई प्रतिशत ब्याजमा ऋण दिने प्रतिबद्धता जनाउनुभयो ।
हाल चितवन जिल्लामा दैनिक करिब साँढे दुई लाख लिटर दुई उत्पादन हुँदै आएको छ ।