११ कार्तिक २०८३, बुधबार

प्रदीप ज्ञवालीको टिप्पणी–‘रातो कार्पेट छाडेको एमाओवादी आन्दोलनबाट समाप्त हुन्छ’ 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradeep-gawaliपोखरा, १६ फागुन । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान निर्माणका अन्तरवस्तुमा संवाद र सहमतिका लागि सत्तापक्षले विपक्षी दललाई रातो कार्पेट ओछ्याएर आह्वान गर्दागर्दै सडक आन्दोलनमा जानु दुःखद् भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सडक आन्दोलनबाटै सबै छिनोफानो गर्छु भन्ने एकीकृत नेकपा माओवादीको गञ्जागोल र अन्योलग्रस्त गन्तव्यले फेरि पुनः नेपाली जनता र मुलुकले दुःख पाउन लागेकामा चिन्ता व्यक्त गर्नुभयो ।

यस्तो कदमले एमाओवादी समाप्तिको वाटोमा लागेको उहाँको टिप्पणी छ । माघ ५ गते संविधान निर्माणको प्रक्रिया जुन बिन्दुमा पुगेको थियो त्यहीबाट वार्ता सुरु गर्न सत्तापक्ष तयार रहेको जानकारी दिँदै उहाँले प्रक्रिया सुरु भए पनि संवादको ढोका खुल्लै राखिएको विचार व्यक्त गर्नुभयो ।

एमाले नेता ज्ञवालीले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते नयाँ संविधान घोषणा गर्ने तयारीमा सत्तापक्ष रहेकाले यो ऐतिहासिक अवसर गुम्न नदिन विपक्षीसँग आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसबाटै सरकारको नेतृत्वका बारेमा आलोचना भए पनि एमाले भने सरकारको विकल्प खोज्ने पक्षमा नरहेको चर्चा गर्दै उहाँले एमाले सरकार परिवर्तनमा नलागी दोस्रो संविधानसभालाई असफल हुन नदिने पक्षमा रहेको धारणा राख्नुभयो ।