काठमाडौं, १६ फागुन । भावी प्रधानसेनापति रथी राजेन्द्र क्षेत्रीले दर्ज्यानी चिन्ह पाउनुभएको छ ।
प्रधानसेनापति गौरव शम्शेर राणाले रथी दर्जामा पदोन्नती भएका उपरथी राजेन्द्र क्षत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
प्रधानसेनापति राणाले जंगी अड्डामा शनिबार आयोजित एक विशेष समारोहका बीच क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।
रथी पवन वहादुर पाण्डेले गत महिना अवकाश पाएपछि रिक्त रथीमा उपरथी क्षेत्रीलाई मन्त्रिपरिषद्को बैठकले बढुवा गरेको थियो ।
मन्त्रिपरिषद्को बैठकले रथी क्षेत्रीलाई बलाध्यक्षको जिम्मेवारी सम्हाल्ने जिम्मेवारी समेत दिएको थियो ।
प्रधानसेनापति राणाले त्यस अवसरमा प्राविधिक सहायक रथी योगेन्द्र बहादुर खांणलाई प्राविधिक उपरथी र प्राविधिक महासेनानी कमाल सिंह प्रधानलाई समेत प्राविधिक सहायक रथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रधानसेनापति राणाले आफ्नो संगठनप्रति निष्ठान भएर कर्तव्य पालन गर्न पदोन्नती भएका पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले रथी राजेन्द्र क्षेत्रीलाई भावि प्रधानसेनापति बन्न लागेकोमा शुभकामना सहित बधाई समेत दिनुभयो ।
यो पनि पढ्नुहोस्:
नयाँ प्रधानसेनापतिमा राजेन्द्रबहादुर क्षेत्री पक्का















प्रतिक्रिया