– विजय थापा
डिसी, अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको लागि अध्यक्ष पदका उम्मेदवार वैज्ञानिक नगेन्द्र पौडेलले दौडधुप तिव्र बनाएका छन् ।
नजिकिँदै गरेको निर्वाचनको तयारीका शिलशिलामा उम्मेदवार पौडेलले दौडधुप तिव्र पारेका हुन् । यस क्रममा नेपाली समुदायसंग भेटघाट गर्ने उद्देश्य अनुसार अमेरिकाका विभिन्न शहर तथा राज्यहरु पुग्ने क्रमलाई अझ तीव्र पारेका छन ।
गत हप्ता टेक्सासको भ्रमण गरि जनजाती, स्थानिय बुद्धिजीवी, पत्रकार, समाजसेवी तथा सर्वसाधारणसंग आप्रवासी संघ अमेरिकाको उद्देश्य प्राप्तिका लागि सबल र सक्षम नेतृत्वको आवश्यकताका सम्बन्धमा छलफल गरेका छन् ।
भेटघाट कार्यक्रमलाई व्यापक बनाउन आझै साँझ उनि क्यालिफोर्नियाको सन् फ्रान्सिस्को हानिएका छन् । एनआरएन अमेरिका बिश्वकै सबै भन्दा धेरै सदस्य भएको देश भएपछि संस्थाको छबि आकाशिएको छ ।
न्युयोर्क, क्यालिफोर्निया, टेक्सास तथा डिसी महानगर क्षेत्र क्रमसः सदस्यताको हिसाबले उच्च स्थान ओगट्न सफल भएको राज्यहरु भएकोले उम्मेदवारलाई यी राज्यहरु निक्कै महत्वपूर्ण हुन्छ ।
पौडेलले क्यालिफोर्निया सन् फ्रान्सिस्को भ्रमण पछि अन्य राज्यहरुमा भ्रमण गर्ने योजना पनि रहेको डिसी बिमानस्थल बाट जानकारी गराएका छन् ।
जहाँ पौडेलले आफु पटक पटक अमेरिकाको नेपाली समाजको नेतृत्व तहमा निर्वाचित भएको पृष्ठभूमिमा आफु भन्दा खारिएको र बदलिदो परिस्थिति सगैँ भिन्न अभिभाराको कसीमा खरो उत्रेको व्यक्ति अहिले सम्म एनआरएनको चुनावी मैदानमा नदेखिएको बास्तबिकता बताए ।
टेक्सासमा पौडेलले एनआरएनले भविष्यमा के कस्ता कार्य योजना तर्जुमा गर्दा, एनआरएन समुदायको हित हुन्छ, यसका सदस्य वृतबाटै छलफल गराई आफुले ति योजनाहरुलाई आत्मसाथ गर्ने बचनबद्धता जाहेर गरे ।
पौडेलले टेक्सासको नेपाली बुद्ध तथा पशुपति मन्दिर एबम सास्कृतिक तथा सामाजिक केन्द्र परिसरमा सामाजिक अन्तरक्रिया कार्यमा ब्यस्त भएका थिए भने दिनभर त्यहाँ बिद्यालयमा अध्यनरत झन्डै १५० भन्दा बढी बिद्यार्थीहरुका अभिभाबक तथा भक्तजनहरुसंग एनआरएन सम्बन्धमा दोहोरो बार्ता गरे ।
सोहि अबसरमा टेक्सास नेपाली समाजका बर्तमान तथा भुतपुर्ब पदाधिकारिहरु, बिद्धानहरु संग एनआरएनको भाबी नेतृत्व चयन तथा कार्यक्रमका सम्बन्धमा गहिरो छलफल गर्दै आफ्ना पक्षमा सहयोग जुटाइदिन आग्रह गरे ।
अध्यक्ष पदको उम्मेदवारको हैसियतले सम्बोधन गर्दै आफ्ना भाबी योजना तथा तत्काल छलफल र मन्थनबाट प्राप्त सुझावका बारेमा आफु सचेत रहेको जानकारी दिएका थिए । त्यहा उपस्थित जनसमुदायले पौडेलको सक्षम र सबल नेतृत्व दिनसक्ने क्षमताको मुक्त कण्ठले प्रसंसा गर्दै पुर्ण सहयोग गर्ने बचनबद्धता जाहेर गरेका थिए ।
सोहि दिन पौडेल मन्दिर ब्यबस्थापन समितिका सयोजक डा मुरली अधिकारीले मन्दिरको निर्माण तथा सो परिसरमा संचालित विद्यालयको ब्यबस्थापन तथा संचालन सम्बन्धि अबलोकन गरेका थिए । माया प्रति कृतज्ञता जाहेर गर्दै बिदा भएका थिए ।
















प्रतिक्रिया