३० आश्विन २०८३, शुक्रबार

अबदेखि सिडिएमए इभिडियोमा सहजै इन्टरनेट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samsung ace 4काठमाडौं, १६ फागुन । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक वितरक इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स (आइएमएस) ले टेलिकमको रिमकार्डसँग सामसुङ ग्यालेक्सी एस फोर सेट बन्डलिङ गरी बिक्री गर्ने कार्य प्रारम्भ गरेको छ ।

सेट बन्डलिङ अर्थात एकअर्काको सेवामा सहुलियत पाउने यो सेवाअन्तर्गत ग्राहकले सामसुङ्को सेट किन्दा टेलिकमले आफ्नो सेवामा सहुलियत दिने र अर्को टेलिकमको इभिडियो सेवा लिएमा सामसुङको १५ हजार पर्ने सेटमा तीन हजार छुट दिइनेछ ।

१२ हजारमा उपलब्ध हुने उक्त सेट तथा रिमका साथमा एकसय बराबरको टक टाइम र प्रत्येक महिना तीनसय बराबरको सिडिएमए डाटा सेवा १२ महिनासम्म उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले ग्रामीण क्षेत्रमा सिडिएमए प्रविधिको कभरेज विस्तार भइरहेकाले यो प्रविधि लोकप्रिय भए पनि गुणस्तरीय सेटको अभावले गर्दा ती क्षेत्रमा सिडिएमए प्रविधिको अधिकतम उपयोग हुन नसकेको सन्दर्भमा बन्डलिङमार्फत उपलब्ध गराइने स्मार्टफोन उपयोगी हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल टेलिकम वायरलेस टेलिफोन निर्देशनालयका निर्देशक लोचनलाल अमात्यले ग्रामीण क्षेत्रमा सिडिएमए प्रविधिमार्फत कम्पनीले डाटा उपलब्ध गराएको भए पनि उपयुक्त सेटको अभावमा डाटाको प्रयोग एकदमै कम भएको भन्दै अब बन्डलिङमार्फत उपलब्ध हुने सेटको प्रयोगले डाटाको प्रयोगमा समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

आइएमएसका अध्यक्ष दीपक मलहोत्राले सिडिएमए सेवा प्रयोग गर्ने ग्राहकले विश्वसनियता र बिक्रीपछिको सेवा सुनिश्चित भएको ब्रान्डेड स्मार्टफोनको चाहना गरेकाले सामसुङ कम्पनीलाई यो सेट उत्पादनका लागि विशेष रूपमा अनुरोध गरिएको बताउनु भयो ।