रुपन्देही, १६ फागुन । यही फागुन ६ गते परेको बमौसमी असिना पानीका कारण रुपन्देहीको कृषकले साढे सात करोड क्षति व्यहोर्नुपरेको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार राति अकस्मात परेका असिनाको कारण कृषकहरूले लगाएको गहुँ, तोरी, आलु, मकै, सूर्यमुखी र तरकारीमा गरी सात करोड ५८ लाख एक हजार ९४० क्षति व्यहोर्नु परेको हो ।
रुपन्देहीका दुई नगरपालिका तिलोत्तमा र देवदह तथा अन्य आठ गाविसमा असिनाले बढी क्षति पु-याएको जिल्ला कृषि विकास कार्यालयले गरेको सर्वेक्षणले देखाएको छ ।
असिनाले तोरीमा सबैभन्दा बढी क्षति पु-याएको छ भने गहुँ र तरकारीमा ६० प्रतिशतभन्दा बढी क्षति पुगेको छ ।















प्रतिक्रिया