११ कार्तिक २०८३, बुधबार

मोहन वैद्यले पत्याएनन् प्रचण्डको आन्दोलनलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Mohan-Baidhya

काठमाडौँ, १५ फागुन । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी आन्दोलनका बारेमा द्विविधामा रहेको भन्दै प्रचण्डप्रति आशंका गर्नुभएको छ ।

तेत्तीस दलीय मोर्चाले शुक्रबार यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष वैद्यले एमाओवादीसहितको ३० दलीय मोर्चा आन्दोलनलाई सामूहिक सौदाबाजीको माध्यम बनाउने कि निर्णायक बनाउने भन्नेमा दोधारमा रहेको बताउनुभयो ।

जतिसुकै विरोध भए पनि प्रक्रियाबाटै संविधान लेख्ने मनस्थितिमा सत्तारुढ दल रहेको उहाँले टिप्पणी गर्नुभयो ।

उहाँले अग्रगमनकारी शक्ति र पश्चगामी शक्तिबीच टकरावको स्थिति आएको बताउँदै अग्रगमनका पक्षमा निर्णायक आन्दोलन गर्नुको विकल्प नरहेकोमा जोड दिनुभयो ।