काठमाडौँ, १५ फागुन । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले सबै जनताको अधिकार सुनिश्चित गरी सहमतिकै आधारमा जतिसक्दो चाँडो संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
तेत्तीसौँ मगर एकता स्थापना दिवस तथा ४३ औँँ चिन्डीके डुप्के–२०७१ एवम् प्रथम अन्तर्राष्ट्रिय मगर सम्मेलनको उद्घाटन गर्दै उहाँले सबै जातजाति र समुदायको सबै अधिकारभन्दा पनि सबैका केही अधिकार सुनिश्चित गरी सकेसम्म सहमतिबाटै अबको चार महिनाभित्रमा संविधान जारी गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री गौतमले जातीय आधारमा राज्य पुनःसंरचना गर्दा सद्भाव खलबलिने हुँदा सबैलाई मान्य हुने सबैको पहिचान झल्कने र सबैले स्वामित्व लिन पाउने गरी पुनःसंरचना गरिनुपर्ने समेत बताउनुभयो । जातीय, भाषिक, क्षेत्रीय वा धार्मिक आधारमा मुलुकलाई विभाजन गर्नुभन्दा सबै मिलेर मुलुक निर्माणको बाटोमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।















प्रतिक्रिया