११ कार्तिक २०८३, बुधबार

आन्दोलनमा एमाओवादीले लाठी प्रदर्शन गर्नु गलत : नेता गच्छदार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijaya-gachhadar-dainiknepalविराटनगर, १५ फागुन । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एकीकृत नेकपा माओवादीले भातृ संगठनबाट लाठी प्रदर्शन गराउनु गलत भएको बताउनुभएको छ ।

उहाँले एमाओवादीको भातृ संगठन वाइसीएलले लाठी जुलुस निकालेकोमा आपत्ति समेत जनाउनुभयो । ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ,’ उहाँले भन्नुभयो, ‘एमाओवादीले लाठी बोकेर मोर्चाको धारणा विपरीत कदम उठाएको छ, यो गलत कदम हो ।’

उहाँले भोली फागुन १६ गतेको आन्दोलन शान्तिपूर्ण हुने बताउनुभयो । विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले ३० दलीय मोर्चा उपलब्धिमूलक वार्ताको पक्षमा रहेको बताउनुभयो ।

उहाँले दुवै पक्ष सहमतिका लागि लचिलो बनेकाले भोलिको आन्दोलनपछि सम्भवतः वार्ताका लागि बाटो खुल्ने विश्वास व्यक्त गर्नुभयो ।

दलहरुबीच संविधानको विवादित विषयमा सहमति भएपछि सर्वपक्षीय सरकार बन्ने र संविधान जारी गर्ने तिथि पनि सुनिश्चित हुने सम्भावना व्यक्त गर्नुभयो ।