काठमाडौं । रातिको समयमा भैंसी चोर्न गएका एक युवकले संसार छाडेका छन् । भारतको आगरा स्थित नगलमणि गाउँमा भैँसी चोर्न युवकको भैँसीले धुलाई गरेको हो ।
भैँसीको आक्रमणबाट गम्भिर चोट लागेका ती युवकको मृत्यु भयो । राति चोरले भैँसी चोरेर भागिरहेका थिए । जब खुला मैदान आइपुग्यो भैँसीले उग्ररुप लियो । आत्तिएको बेला चोरको हात भैँसीको गलामा लाएको डोरीमा अल्झियो ।
यसपछि भैँसीले चोरलाई करिब २ किलोमिटरसम्म दगुर्दै घिसार्यो । चोरको टाउको तथा पेटमा गम्भीर चोट लाग्न पुग्यो । उपचारका क्रममा उनको मृत्यु भयो ।
चोरको पहिचान भइसकेको प्रहरीले बताएको छ। शवलाई प्रहरीले पोस्टमार्टमका लागि अस्पताल लगेको छ। भैँसी मालिक बिहान उठ्ना साथ हेर्दा रामप्यारी नामको त्यो भैँसी गोठमा थिएन् ।
छिमेकीहरुले भैँसी मालिकलाई घटना बारे जानकारी गराए । घटनापछि रामप्यारीको नाम यमराजकी भैँसी राखिएको छ । भारतमा पछिल्लो समय भैँसी चोरको विगविगी छ । यस्ता भैँसीहरु भए चोरी कार्यको अन्त्य हुनेछ ।
एजेन्सीको सहयोगमा














प्रतिक्रिया