२८ आश्विन २०८३, बुधबार

कालिदास पथमा बाबुराम-प्रचण्ड !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Sharan-Simkhada

बहुलठ्ठीपूर्ण हर्कत गर्दै कालीदासले झै रूख काट्न थाले ‘बिचरा’ भन्न सकिएला तिम्रा यि पचासौंको संख्याका ‘लालसेना’ ले कुनै छलाड मार्ने छैन बरू सुध्रिने अपेक्षा गरिएको तिम्रा पोलपोटबादी सोच धुमिलमात्र हुनेछ ।

धेरै पछि पुनः माओबादीबारे केही भन्नै पर्‍यो। पोलपोटको विषयमा पहिलो पटक २५ वर्षअघि काठमाडौंमा सुनेको थिएँ, विश्व कम्युनिष्ट आन्दोलनको इतिहास जान्ने एक कम्युनिष्ट नेताको प्रशिक्षणमा। अध्यक्ष माओको सांस्कृतिक क्रान्ति, काका होचिमिन्हको भियतनाम प्रतिरोध, कोरियाली नायक किम ईल सुङ्गको जुछे अभियानसँगै पोलपोटको ‘लाल खमेरु’ को बखान गरिएको सो प्रशिक्षणमा कसैले पोलपोटको लाल आतंकबारे कुरा उठाए पनि त्यो बेला उनी हामीबीच क्रान्तिका नायक थिए, उनको आतंक न्यायिक सफाया थियो। ‘राज्यसत्ता बन्दूकको नालबाट जन्मिन्छ’ भन्ने पाठ पढाइएका हामी ठिटालाई जे बताइयो, त्यही ठीक लाग्यो। हाम्रो राजनीतिक स्कूलिङ नै त्यस्तै थियो।

तर, अहिले पोलपोटको बारेमा बास्कबिकता बुझेपछि भने उनको इतिहास मैले पढे जस्तो पाइनँ। त्यहाँ पोलपोटलाई श्रद्धा गर्ने र क्रान्ति नायक मान्ने एकजना पनि भेटिएन। पोलपोटसँग क्रान्ति, लोकतन्त्र, समाजवाद र मानव मुक्तिको कथा जोडिंदैनथ्यो। मान्छेहरू पोलपोटको कुरा गर्दा भयङ्कर दुःस्वप्नबाट भर्खर ब्युँझिए झैँ हुन्थे। कम्बोडियामा उनी निरंकुश, आततायी, हत्यारा, मानवता विरोधी र इतिहासकै सबैभन्दा तुच्छ एवं घृणायोग्य पात्र थिए। उनले निर्दोष मान्छेहरूको हत्या गरेका थिए,जसमा बालबालिका र आमाहरू, खेतमा काम गरिरहेका किसानहरू, कवि, कथाकार र कलाकारहरू थिए। शहरका सुकिला–मुकिला बुर्जुवालाई श्रममा लगाउने नीति अनुसार नोमपेनका ९० प्रतिशत बासिन्दालाई गाउँतिर धपाइएको थियो। फूलबारीहरू मानव वधशाला बनाइएका थिए। पोलपोटको मैले सुनेभन्दा धेरै अलग यो वर्णनले मेरा पुराना स्कूल, ज्ञान र गुरुहरूलाई झुटो बनाएको थियो। म थाहै नपाई नयाँ ज्ञानले भरिंदै थिएँ।

बाबुराम-प्रचण्ड : आफ्नाबारेमा ईतिहासले यसरी नै पटकपटक माफ़ गर्ने गरी मौक़ा दिने छैन । खमेरूजबादबाट लर्बराउँदै शान्ति प्रकृयामा छौँ । हामीले यी यी कुराहरू संबिधानमा राख्न चाहेका थियौं तर प्राबिधिक (संख्याका) कारणले सकेनौं भनी नयाँ संबिधानसहित जनतामा जाउँ, जनताको लागि काम गर । लोकतन्त्रको सुन्दरता भनेकै जनताले चाहे राम्रा कुरा सुनी अर्को चुनाबमा चाहेअनुरूप संबिधान संसोधनको मत दिनेछन् ।

YCL-Kathmandu

यसरी नै बहुलठ्ठीपूर्ण हर्कत गर्दै कालीदासले झै रूख काट्न थाले ‘बिचरा’ भन्न सकिएला तिम्रा यि पचासौंको संख्याका ‘लालसेना’ ले कुनै छलाड मार्ने छैन बरू सुध्रिने अपेक्षा गरिएको तिम्रा पोलपोटबादी सोच धुमिलमात्र हुनेछ ।

आगे जो मर्ज़ी ।

लेखक बेलायतमा बस्छन् ।