३० आश्विन २०८३, शुक्रबार

भारतले अनुमति नदिँदा नयाँ जहाज ‘सगरमाथा’ले दिल्ली उडाउन पाएन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aeroplane

काठमाडौँ, १३ फागुन । ‘सगरमाथा’ले पहिलो चोटी दिल्लीमा उडाउने मौका गुमाएको छ । आजदेखि दिल्ली–काठमाडौं उडानबाट आफ्नो यात्रा सुरु गर्न लागेको ‘सगरमाथा’ले त्यो चान्स दिल्ली अनुमतिका कारण गुमाएको हो ।

नेपाल वायुसेवा निगमको नयाँ जहाज बुधबारदेखि भारतको नयाँदिल्ली उडान सुरु गर्ने भनिए तापनि भारतीय आकाशमा उडानका लागि अनुमति आइनसकेकाले स्थगित भएको छ ।

नयाँ जहाजले पहिलो व्यावसायिक उडान नयाँ दिल्लीमा पुनः उडान सुरु गर्ने तयारी गरेको तर अनुमति आइनसकेको हुनाले स्थगित हुन गएको हो ।

निगमका प्रवक्ता रामहरि शर्माले भारतीय उडान अनुमति आउन बाँकी भएकाले आजको उडान स्थगित गरिएको र बेलुकासम्म अनुमति आउने बताउनुभयो ।

भारतीय पक्षबाट उडान अनुमति प्राप्त भएपछि आगामी शुक्रबारदेखि उडान सुरु गरिने जानकारी उहाँले दिनुभयो ।

निगमका अनुसार नयाँ दिल्लीका लागि एकतर्फी प्रवद्र्धनात्मक भाडादर नेपालीका लागि रु सात हजार १०० र विदेशीका लागि आठ हजार भाडा तोकिएको छ । निगमले यसअघि नयाँ दिल्ली उडान भर्दै आए पनि विमानको कमीले उडान स्थगन गरेको थियो ।

हाललाई नयाँ दिल्लीको उडान सोमबार, बुधबार, शुक्रबार र शनिबार हुने निगमले जनाएको छ । निगमले गत माघमा एयरबस ‘ए ३२०–२००’ जहाज ‘सगरमाथा’ नेपाल भित्र्याएको थियो ।

उडान नहुने भएपछि टिकट काटेका यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् । विमानस्थल पुगिसकेको यात्रुहरु रितो हात फर्किएका छन् । अन्तिम समयमा उडान नहुने जानकारी पाएपछि यात्रुहरुले आक्रोशित समेत भएका थिए ।