सिड्नी, अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको वोमन फोरम नारी निकुञ्ज अष्ट्रेलियाले महिला हिंसा अन्त्यका लागि अभियान सुरु गर्न लागेको छ ।
आगामी मार्चा ८ मा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर वोमन फोरमले अभियान सुरु गर्न लागेको हो । बिगत केही बर्षदेखी वोमन फोरम नारी निकुन्ज अष्ट्रेलियाले महिलाका निम्ती विभिन्न परिवर्तन मुलक कार्यक्रम समेत गर्दै आएको छ ।
यसबर्ष पनि निकुन्जले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मार्च ८ सिड्नीको क्लब एस्फिल्डमा दिउसो २ बजे देखी ५.३० सम्म महिला हिंसा अन्त्यका लागि हाम्रो अभियान मुलक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दैछ ।
उक्त कार्यक्रम पश्चात अभियान सुरु हुने कार्यक्रमको मुल उद्देश्य अहिले बढ्दै गएको महिला हिंसा तथा बलात्कारको घटनालाई न्युनिकरण कसरी गर्न सकिन्छ ? राज्य फितलो भएर हो वा कानुन फितलो भएर हो ? किन दिन दहाडै महिला असुरक्षित हुँदै गएका छन् ? महिला घरमा, बिद्यालय ,कार्यालयमा, यातायातमा, सडक र गल्ली हरुमा लुटिएका छन् र लुटिदै आएका छन् ।
नेपालको कानुन कडा नभएर हो अथवा सम्बन्धित निकायले पीडक लाई उम्काएर हो ? यसै सन्दर्भमा रहेर अन्तरक्रिर्या कार्यक्रममा छलफल गरिने एनआरएनए वोमेन फोरम नारी निकुन्ज अष्ट्रेलियाका सदस्य सन्ध्या शाहले जानकारी दिनुभयो ।
छलफलबाट निष्कर्ष निकाल्ने र निष्कर्षलाई मध्यनजर गर्दै महिला हिंसा अन्त्यका लागि राज्यद्धारा संवेदनशिल जिम्मेवारी बहनको माग गर्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्र कुमार नेपाल मार्फत प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाईने उहाँले बताउनुभयो ।















प्रतिक्रिया