११ कार्तिक २०८३, बुधबार

फेरि पनि निष्कर्षविहीन भयो एमाले स्थायी कमिटी बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml meeting

काठमाडौँ, १२ फागुन । नेकपा एमालेको एक सातादेखि जारी स्थायी समितिको बैठक मंगलबार पनि निष्कर्षविहीन बनेको छ ।

गत सातादेखि पर सर्दै आएको स्थायी कमिटीको मंगलबारको बैठकले पनि केन्द्रीय कमिटीमा मनोनयन र कार्यविभाजनका कार्यसूचीमाथि निर्णय गर्न नसकेको हो ।

फागुन ४ गतेको स्थायी कमिटीको बैठकले केन्द्रीय नेताहरुको जिम्मेवारी र मनोनयनलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा शीर्ष नेता सम्मिलित टोलीलाई जिम्मा दिएको थियो । तर, शीर्ष नेताहरुबीच अझै सहमति हुन नसकेकाले स्थायी कमिटी अनिर्णित भएको हो । एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले भने मंगलबारको बैठकका कार्यविभाजनबारे खासै छलफल नभएको बताउनुभयो । । बुधबार बस्ने बैठकले ठोस निर्णय गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अन्य कतिपय समसामयिक विषयमा छलफल भयो तर ठोस केही निर्णय भएको छैन ।’