काठमाडौं, १२ फागुन । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको बिहेको लगन जुरेको छ ।
स्कूलदेखिकी प्रेमिका प्राप्तीराज्य लक्ष्मी राणासँग क्रिकेटर खड्काको बिहे हुन लागेको हो । दुई वर्षअघि नै इंगेजमेन्ट भइसके पनि पारसले फागुन १४ गते बिहीबारको दिन बारेर प्राप्तीसँग वैवाहिक जीवन सुरु गर्न लागेका हुन् ।
नेपाली क्रिकेट टोलीका कप्तान पारसले नेपाललाई विश्वकपमा समेत पुर्याउन सफल भएका छन् । उनले नेतृत्व गरेपछि नेपाल आइसिसी डिभिजन–२ मा टिकिरहेको छ ।
















प्रतिक्रिया