दोहा, कतार । नेपाल सरकारले हस्तलिखित राहदानी (पासपोर्ट) विस्थापित गरेपछि एमआरपी पासपोर्ट बनाउन कार्यमा प्रवासी नेपाली मञ्च कतारले नेपाली राजदुतावासलाई सहयोग गर्ने निर्णय गरेको छ ।
आगामी नोभेम्वर २४, २०१५ सम्ममा हस्तलिखित राहदानी वाहकले अनिवार्य रुपमा एमआरपी पासपोर्ट बनाई सक्नुपर्ने भएकोले सो कार्यका लागि नेपाली राजदुतावास दोहा कतारले यतिवेला अभियान सञ्चालन गरेको छ ।
उक्त अभियान सफलपार्न कतारमा स्थापित नेपाली समाज तथा कार्यरत नेपालीहरुबीच दुतावासले अभियान चलाएको छ । दुतावासको जानकारी अनुसार उल्लेखित अभियानलाई प्रभावकारी वनाई सम्पुर्ण हस्तलिखित राहदानी वाहकहरुको एमआरपी बनाउनका लागि यतिवेला नेपाल सरकारले थप २ जना कर्मचारी एक महिनाको लागि कतारमा खटाएको छ ।
तोकिएको समयवधि भित्र नया पासपोर्टका लागि आवेदन दिनका लागि दुतावासले २ जना कर्मचारी खटाएको र प्रचार प्रसार गर्दै आइरेहेको छ ।
दुतावासको उक्त कार्यमा प्रवासी नेपाली मञ्च दोहा, कतारले ऐक्यवद्वता जनाउदै कतारमा रहेका प्रवासी नेपालीहरुबीच प्रचार प्रसारमा जोड दिएर एमआरपी बनाउन दुतावासलाई सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष रामहरी गैह्रेले जानकारी दिनुभयो ।
नोभेम्वर २४ भित्रमा हस्तलिखित राहदानी वहाकले एमआरपी बनाउन नसकेको खण्डमा पुरानो पासपोर्टमा आवत जावत गर्न नसकिने भएको हुदाँ सो सम्वन्धमा निर्धारित समयमा पासपोर्ट वनाउन प्रवासी नेपाली मञ्च कतारले सबै नेपालीलाई आग्रह समेत गरेको छ ।
राजदुतावासको अभियानलाई सफल बनाउन प्रवासी नेपाली मञ्चले आगामी फेब्रवरी २७, मार्च ६, मार्च १३, मार्च २० शुक्रवारका दिन एमआरपी को लागि आवेदन फारम संकलन गर्दैछ । संकलन गरिएको आवेदनहरु दुतावासलाई बुझाईने छ ।
नेपाली राजदुतावास कतारले एमआरपी पासपोर्ट बनाउन सार्वजनिक गरेको सूचना !
















प्रतिक्रिया