काठमाडौं । विश्वमा अनेक अनेक कुरा नयाँ हुन्छन् । नयाँ कुरा अनुसन्धानले पत्ता लगाउछ । एक अध्ययन अनुसार विश्वमै सबैभन्दा बढी उमेर भएका जोडी पत्ता लागेका छन् ।
अध्ययनले चीनमा विश्वकै सबैभन्दा बूढो जोडी पत्ता लगाएको हो । ईचाइनासिटीजले चीनको हेनान प्रान्तमा बस्दै आइरहेका पिंग मुहू र जैंग जिनुको जोडीलाई विश्वकै सबैभन्दा बूढो जोडी बनाएको हो ।
यी दुईको उमेर २१७ वर्ष पुगेको छ । एकतर्फी हेर्दा जैंगका श्रीमती पिंगको उमेर १०९ वर्ष छ, भने, उनका श्रीमान जैंगको उमेर १०८ वर्ष पुगेको छ । यत्रो वर्ष पुगेका यी दुई जोडी अशक्त छन् । प्रायजसो ह्वीलचेयरमा यात्रा गर्छन् ।
खबरअनुसार यो जोडीका पाँच पिढीको जन्म भइसकेको छ । यो जोडीपछि अर्थात पाँच पुस्ताले संसारमा जन्म लिइसकेका छन् ।

पिंगको स्वास्थ्य अवस्था सञ्चो विसञ्चो भइरहन्छ । जैंगमा अझैपनि जोश जागर छ । सामान्य जिवन विताइरहेका यो जोडीलाई पाँच पुस्ते परिवारले रेखदेख स्याहार सुसार गर्दै आइरहेको छ ।
एजेन्सीको सहयोगमा













प्रतिक्रिया