२८ आश्विन २०८३, बुधबार

भारतबाट नेपाल आएका पाँच जनामा स्वाइन फ्लू रोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

swine-fluकाठमाडौं, ११ फागुन । सरकारको राष्ट्रिय जनस्वास्थ्थ प्रयोगशाला एनपीएचएल को परीक्षणमा स्वाइन फ्लूको संक्रमण हुनेको संख्या ५ पुगेको छ ।

संक्रमित पाँचै जना भारतबाट फर्किएका नेपाली हुन् ।

एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्दैशक डाक्टर बाबुराम मरासिनीका अनुसार राजधाानीबाट संकलित २, पोखराबाट संकलित २ र भरतपुरबाट संकलित एउटा नमुनामा स्वाइन फ्लू देखिएको कान्तिपुर दैनिकले छापेको छ ।

उनीहरुलाई एन्टिभाइरल औषधि दिएको उल्लेख गर्दै मरासिनीले भने परीक्षणका लागि अव राजधानी बाहिरबाट पनि नमुना मगाउन लागेका छौं ।

भारतबाट फर्किएका एक नेपाली चिकित्सकलाई समेत पीसीआर परीक्षणमा स्वाइन फ्लू देखिएपछि एन्टिभाइरल औषधि दिएको र उनको परिवारका सबै जनाको परीक्षण गराउन सिफारिस गरिएको डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।