११ कार्तिक २०८३, बुधबार

हप्ता दिनभित्र एमाओवादी मोर्चा वार्तामा नआए संविधान निर्माण सुरु हुन्छ : वामदेव गौतम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamकाठमाडौँ, १० फागुन । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले एकीकृत नेकपा माओवादी सहितको विपक्षी मोर्चा फागुन १६ सम्म पनि वार्तामा नआए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लव नेपालले ‘तत्काल वार्ता र संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण’ सम्बन्धमा ज्ञापनपत्र बुझ्दै संविधान निर्माणका लागि आफुहरु सधैँ कुर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अझै वार्ताबाट समस्याको हल निकाल्ने पक्षमा छौँ ।”

गौतमले वार्ताका लागि अझै केही समय कुर्ने त्यसपछि पनि संविधानसभाबाट भाग्न खोजे आफ्नै ढङ्गले अगाडि बढ्ने बताउनुभयो । माओवादीले भने जस्तो वार्ता सशर्त हुन नसक्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले जतिसक्दो छिटो संविधान जारी होस् भन्ने पक्षमा नेपाली जनता रहेको भन्दै त्यसमा अवरोध सिर्जना नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली जनतालाई लामो समयसम्म संविधानविहीन अवस्थामा राख्न सकिदैन ।”

उपप्रधानमन्त्री गौतमले तराई र पहाडलाई नछुट्याई नेपाललाई एकीकृत बनाएर विकासमा अघि बढ्ने सङ्घीयताको पक्षमा आफूहरु रहेको भन्दै नेपालको चार किल्लालाई छिन्न भिन्न बनाउने गरी सङ्घीयतामा जाने कुरा मान्य नहुने बताउनुभयो ।

एमाओवादीले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्दा पहिलो संविधानसभा असफल भएको आरोप लगाउँदै दोस्रो संविधानसभाबाट पनि संविधान जारी गर्न नदिने षड्यन्त्र भइरहेको उहाँले बताउनुभयो ।