गैरआवासीय नेपाली संघ एनआरएन अमेरिका निर्वाचन नजिकिदै गइरहेको छ । निर्वाचनमा नेतृत्व लिन धेरैले उम्मेदवारी दिएका यसै सिलसिलामा एनआरएन अमेरिकाको उपाध्यक्ष पदका उम्मेदवार बन्दना कोइरालासंग निर्वाचनका विषयमा रहेर कुराकानी गरेका थियौं । उहाँसंग अमेरिकामा विजय थापाले गर्नुभएको कुराकानीको संक्षेपमा :
डिसी, अमेरिका । ईमान्दारिता र इच्छाशक्ति आफुसंग भएकोले नेतृत्व लिन यी दुई मूल शक्ति चाहिने हुन्छ भन्दै एनआरएन अमेरिकाको लागि उपाध्यक्ष पदमा न्युयोर्कबाट बन्दना कोइरालाले उम्मेदवारी घोषणा गर्नु भएको छ ।
कोइराला नेपाल जनकपुर सिन्धुली घर भै लामो समय देखि न्युयोर्कमा बसोबास गर्दै आउनु भएको छ भने त्रिभुवन बिश्वबिद्यालयबाट १९९२ बाट रसायन शास्त्रबाट स्नातकोत्तर गरि उच्च शिक्षा २००२ मा न्युयोर्कबाट पर्यावरण बिज्ञानमा गर्नु भएको छ ।
सामाजिक सेवामा पनि आफु संलग्न भै काम गरेको बताउदै अनेसास न्युयोर्क शाखाको महासचिब, किर्तिपुर क्याम्पसमा सदस्य रही सक्रिय रुपमा काम गरेको, जनकपुर सिन्धुलीमा महिलाको विकास सम्बन्धि १९९२–१९९८ सम्म एनजीओ मा काम गर्नुको साथै नेपालमा बिभिन्न गैर मुनाफा सामाजिक संस्थामा सहभागी भएको जानकारी गराउनुभयो ।
अन्तरर्राष्ट्रिय स्तरका थुप्रै सम्मेलनमा सहभागी भै योगदान गरेको बताउदै यी अनुभवले उपाधक्ष्य पदमा आफ्नो उम्मेदवारी दिनु भएको छ ।
२००७ मा न्युयोर्कमा सी एसडिले आयोजना गरेको दिगो विकास सम्बन्धि सम्मेलन, उत्तर भारतमा १९९६ मा अनुसन्धान सम्बन्धि सम्मेलन तथा १९९५ मा चौथो विश्व महिला सम्मेलनमा सहभागितामा रहेको समेत आफ्नो अनुभव छ भन्दै आफ्नो आदर्श नायकहरु राष्ट्र निर्माता पृथ्वी नारायण शाह, महाकवि लक्ष्मी प्रसाद देवकोटा तथा महामानव बिपी कोइराला रहेको बताउनुभयो ।
कोइरालाले उम्मेदवारी घोषणा गर्दै आफ्नो श्रम, स्रोत र विचारलाई कार्यन्वयनमा ल्याउने अवसर पाउने छु भन्दै सबै संग मत माग्नु भएको छ ।
यस्ता छन् उहाँका प्रतिबद्धताहरुः जस्ताको तस्तै
अमेरिकामा रहनुभएका एनआरएनसंग सम्बद्ध हुने र भबिष्यमा सम्बद्ध हुन सक्ने सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरुमा मेरो हार्दिक अभिनन्दन ।
एनआरएन अमेरिकामा रहने प्रबासी नेपालीहरुको साझा संस्था हो जसले केही बर्ष यता नेपाल र नेपालीको हितमा बिदेशमा बसेरपनि तदारुकताका साथ लागि परेको छ। भिन्न सम्प्रदाय, बिचार, मुल्य र मान्यतालाई समेटेको यो संस्था प्रजातान्त्रिक अभ्यास र पारदर्शिता जस्ता बिकास र नेतृत्व चयन प्रकृयाले अझ बिशिष्टता हांसिल गरेको छ।
एनआरएन अमेरिकालाई आजको अबस्थामा सम्म ल्याउने सम्पूर्ण अग्रजहरुको सोंच, श्रम र योगदानलाई कृतज्ञता ज्ञापन गर्दै यस संस्था प्रती आस्था राखी सदस्यता लिनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनिहरु प्रती हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।
सहभागि मुलक सामुदायिक उत्थानको लागि समर्पित यस संस्थाका उद्देश्यहरु जो छन् । तिनिहरुले मलाई यस संस्थामा रहेर मुलुक र नेपाली समुदाय प्रती समर्पित हुन झन अभिप्रेरित गरेको छ। यसै सन्दर्भमा एनआरएन एनसिसि अमेरिकाको हुन गैरहेको आगामी निर्वाचनमा उपाध्यक्ष पदमा मेरो उम्मेदवार रहेको छ । मलाई पूर्ण विश्वास र मतदाताहरुको बिबेकशिल मत प्रती यती भरोसा छ कि मेरो उम्मेदवारीले बिजय पाउने छ । जसको फलस्वरुप यस गरिमामय संस्थामा रहेर मैले मेरो श्रम, श्रोत र सोंचलाई कार्यन्वयनमा ल्याउने अबसर पाउने छु।
आदरणिय दाजुभाइ तथा दिदिबहिनीहरु,
आज अधिकांश नेपालीहरु मुगलान विदेशिने क्रम बढदो छ। कोही बाध्यताले, कोही रहरले त कोही अबसरको खोजिमा हामी बिदेशिएका छौं। हाम्रो भौतिक शरीर बिदेसिएता पनि हाम्रो आत्मा, मन नेपाली क्षितिजमै मडारिरहेको छ। हाम्रो आत्मशक्ती भाबनात्मक सम्बन्ध, इच्छा शक्ती र श्रीजनात्मक कार्यशैली नेपालको निम्ती अमुल्य मुल्य उर्जा बन्न सक्दछ भन्ने कुरामा दुई मत नहोला। निर्बाचित कार्य समितिकी निर्बाचित उपाध्यक्ष रुपमा दक्ष जनशक्ती संग समन्वय गरी ूनयाँ उर्जा कार्यक्रमको प्रस्ताबना पत्र तयार गरी कार्यक्रम गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु। पर्याबरण, रोजगारमुलक शिक्षा, जनस्वास्थ्य र पर्यटनलाई प्राथमिकता को रुपमा अघी बढाउने प्रभाबकारी कार्यपद्दति निर्माण गर्ने र नेपाल सरकार एबं बिदेशी दात्री सँस्थाहरु सँग सहकार्य गर्ने कार्यनिती बनाउन जोड दिनेछु। एन आर एन अमेरिकाले स्थापना कालदेखी आजको दिन सम्म गर्दै आएका निम्न बमोजिमका नागरिकको नैसर्गिक अधिकार एबं सामुदायिक काममा निरन्तरता दिन उपाध्यक्ष को रुपमा मेरो पूर्ण भूमिका रहने छ।
एक पटकको नेपाली सधैंको नेपाली
प्रबाशी नेपालीको लागि मतदानको ब्यबस्था
दोहोरो कर प्रणालिको अन्त्य गराउने पहल
एन आर एनको लागि क्रेडिट युनियन को ब्यबस्था
एन आर एन भवन
महिलाको लागि महिला कार्यक्रम, आदी ।
मेरो यो उपाध्यक्ष पदको लागि दिएको उम्मेदवारी त्यो बिम्ब हो जसले नाम्लोले खुइल्याएको तालुको पिडा देखी अमेरिकाको इन्डियन रेस्टुराँमा नान रोटी हाल्दा हात डामेको एउटा नारीको पिडा लुकेको छ ।
यो उमेदबारी अर्को त्यस्तो बिम्ब हो जसले नेपालको गाँउमा नाँगो खुट्टा काँडाले खिल पल्टाएको पैताला देखी यु एस आर्मिमा बुट बजार्दा पिँडुला फर्केको नेपाली नारीको पिडा लुकेको छ, यो त्यस्तो अर्को बिम्ब हो जुना बेबी सिटिङ देखी हाउस किपिङ सम्म भोगेको एक नेपाली प्रबासियको महिलाको पिडा समेटिएको छ ।
यो यस्तो बिम्ब हो जसले डेली स्टोरको क्यास रजिस्टर देखी न्यूयोर्क सिटीको हेल्थ ईन्स्पेक्टरको ब्याज भिरेको छ। नेपालको गाँउले स्कुल देखी अमेरिकी युनिभर्सिटीको बीधार्थी जिबन यात्राको अनुभब बोकेको एक महिलाको बिम्ब हो।
जिबनको मोडहरुमा बिभिन्न पेशा अपनाए पनी मेरो साध्य सँधै नेपाल र नेपाली समुदाय नै रहेको छ। यो बाहेक बिभिन्न संघ–संस्थामा महसचिब, सदस्य जस्ता साना देखी ठुला पदमा रहेर समुदायका समाजसेबी र समुदायको सहयोगमा धेरै सामाजिक कार्य सम्पन्न गरेकी छु।
समस्टिगत रुपमा भन्नु पर्दा अध्ययन अनुभब र दृष्टिकोणको समायोजन गरी समाजसेवाको इच्छा शक्ती कार्यन्वयनमा ल्याउने प्रतिबद्दता गर्दछु। जीबनको अनुभब नै मेरो मुल दिक्षा रहेको छ। यसर्थ अमेरिकामा रहेका प्रबासी नेपाली समुदायको लागि ज्ञान शक्ती कार्यक्रमको प्रादुर्भाब सँस्थागत रुपबाट ल्याउन चाहन्छु । ज्ञान शक्ती कार्यक्रममा बिभिन्न क्षेत्रका दक्ष जनशक्तीको सहयोग लिएर एनआरएनलाई संस्थागत रुपमा निम्न काम गर्न प्रेरित गर्नेछु।
महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम
स्वास्थ्य बिमा सम्बन्धी कार्यक्रम
जीवन बिमा सम्बन्धी कार्यक्रम
सामुदायिक स्वास्थ्य सम्बन्धी कार्यक्रम
निःशुल्क कानुनी सेवा सम्बन्धी कार्यक्रम
साना उधोग संचालन सम्बन्धी कार्यक्रम
रोजगारी तालिम सम्बन्धी कार्यक्रम
बाल सेवा मेडिकल बिलिङ सम्बन्धी कार्यक्रम
ब्युटिशियन तालिम सम्बन्धी कार्यक्रम, आदी
आदरणिय प्रबासी नेपाली बन्धुहरु, मेरो उपाध्यक्ष पदको उमेदबारी प्रबासमा रहेको नेपाली र नेपाली माटो बिच अन्तर सम्बन्ध प्रगाढ गराउने अभिप्रायमा निहित छ। प्रबासमा रहेका नेपालीबिच बिखन्डन र बिभाजन होइन एककृत र समायोजन गर्न सक्नु पर्छ जसले हाम्रो समाजलाई अग्रगामी बाटोमा लैजान्छ भन्ने मेरो सिदान्त छ। इमान्दारिता र इच्छा शक्ती भएको नेत्रित्वले मात्र संस्था को उद्देश्य प्राप्त गर्न सफल हुन सक्छ। मेरो सामाजिक कार्यमा लगाब, मेरो समाज सेवकओ पारिबारिक पृष्ठभुमिको प्रभाब र आदर्श बिचारको प्रेरणा नै मेरो यो उमेदबारी दिनुको पछाडिको प्रमुख उर्जा हो ।
राष्ट्र निर्माता पृथ्बीनारायण शाहको दिब्योपदेश मुलुक बाहिर गएका जनशक्तीलाई सिप र दक्षताको बृदि गराइ मुलुक भित्र्याउनु, महामानब बिपी कोइरालाको सन्देश ठुलो मानिस होइन असल मानिस बन्नु, सिता, भ्रिकुटी र बुद्दको मार्गदर्शन जँहा रहेर पनि नेपाल चिनाउनु मेरो जिबनको दर्शन हुन ।
आफ्नो अतिरिक्त राष्ट्र र समाजका निम्ती बाँच्न सिकाउने प्रथमआ शिक्षक मेरो आफ्नै आदरणीय पिताश्री र साहित्य, संस्क्रिती, निती र शास्त्रको पाठशाला मेरी पुज्य माता मेरो जिबन जिबन सशक्तिकरणका भरपुर उर्जाहरु हुन, जसले आज यँहाहरु समक्ष समाज सेवाको खोजको रुपमा उपाध्यक्षको पदमा उमेदबारी दिन प्रेरित गरेको छ। बिबेकशिल मतदाताको मतको ससम्मान कदर गर्दै संस्थागत हित, नेपाली समुदायको हितको लागि काम गर्नेछु भन्ने प्रण गर्दै आफ्नो अंमुल्य मत कती पनि बिचलित नभै मलाई दिएर बिजयी गराउनु हुन हार्दिक अनुरोध गर्दछु ।
















प्रतिक्रिया