– विजय थापा
डिसी, अमेरिका । संयुक्त राज्य अमेरिकामा सेना दिवस भव्यताका मनाइएको छ । हरेक बर्ष शिवरात्रिको पर्वको अवसरमा मनाइने सेना दिवस नेपाली राजदुताबास वाशिंगटन डिसीले भव्यताको साथ मनाएको हो ।
नेपाली राजदुताबास वाशिंगटन डिसीका लागि रक्षा तथा सैनिक सहचारी हिमांशु खड्काको विशेष अतिथ्यमा भएको कार्यक्रममा उहाँले नेपाली सेनाले स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको बताउँदै यो बिशेष महत्वपूर्ण दिवस भन्दै सेना दिवसको बारेमा संक्षेपमा जानकारी गराउनु भएको थियो ।
सेना दिवसको उपलक्ष्यमा नेपाली दुताबासका कार्यबाहक राजदुत ऋषिराम घिमिरेले उपस्थित सबैलाई सेना दिवस २०७१ को उपलक्ष्यमा स्वागत गर्दै रक्षा तथा सैनिक सहचारी हिमांशु खड्काले आतिथ्य गर्नु भएकोमा धन्यबाद दिनु भएको थियो ।
घिमिरेले यस बिशेष अवसरमा नेपाली सेनालाई बिशेष धन्यवाद दिदै, सुख सम्वृद्धिको कामना गर्दै कर्तब्य पालनको क्रममा देश र जनताको लागि बलिदान दिने प्रति श्रद्धांजलि अर्पण गर्नु भएको थियो ।
कार्यबाहक राजदुत घिमिरेले २ सय ५० बर्ष देखि नै नेपाली सेनाले खेलेको ऐतिहासिक, अतुलनीय, प्रशंसनीय तथा स्मरणीय भूमिकाको चर्चा गर्दै देशप्रेम, व्यवसायिकता तथा गैरराजनीतिक प्रवृति भनेको नै यसको सार आदर्श हो भन्नुभयो ।
मुलुकको शान्ति, स्थायित्व र विकासका हरेक गतिविधिमा नेपाली सेनाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
मुलुकका पिछडिएका भूभागको विकासमा होस् या बातावरणीय सुरक्षा तथा प्राकृतिक प्रकोपमा नेपाली सेनाले सफलता पुर्वक आफ्नो क्षमता प्रदर्शन गरेको चर्चा गर्नुभयो ।
राष्ट्रिय सेनाको रुपमा मुलुकको विविध क्षेत्रमा गरेको प्रशंसनीय कार्यले नेपाली जनतामा सेनाप्रतिको विश्वास र भरोसा उल्लेखनीय रुपमा अभिवृद्धि भएको उल्लेख गर्नु भएको थियो ।
नेपाली सेनाले दोस्रो संबिधानभाको निर्वाचन गराउन खेलेको अहम भूमिकाको चर्चा गर्दै प्राकृतिक सम्पदाको संरक्षण र राष्ट्रको विकास निर्माणमा समेत पुर्याएको योगदान उदाहरणीय छ भन्नुभयो ।
उक्त कार्यक्रममा अमेरिकन सेनामा कार्यरत बिशेष अतिथि तथा डिसी महानगर क्षेत्र वरपरका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा रहेको थियो ।



















प्रतिक्रिया