३ कार्तिक २०८३, मंगलबार

कांग्रेस-एमालेले पूर्वराजा ज्ञानेन्द्र फर्काउने गोप्य सम्झौता गरे : बाबुराम भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam– जानु पाण्डे
कपिलवस्तु, ८ फागुन । पूर्व प्रधानमन्त्री एवं एनेकपा (माओवादी) नेता डा.बाबुराम भट्टराईले कांग्रेस-एमाले गठबन्धनले ४७ को संविधान ब्यूताउने प्रयत्न थालेको बताउनुभएको छ ।

दुई तिहाईको आडमा कांग्रेस एमालेले संविधानसभा अपहरण गरेर पुनः पुरानै संविधान जनतालाई लाद्न खोजेको बताउनुभयो । शान्ति प्रक्रियाको आधा शक्तिलाई बाहिर राखेर निर्माण गरिने संविधान नचाहिने भन्दै भट्टराईले १२ बुंदे सहमति अनुसार संविधान बनाउनुपर्ने माग गर्नुभयो ।

कपिलवस्तुको तौलिहवामा क्रान्तिकारी पत्रकार संघद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले सत्तासिन दलहरुले बहुमतको तरबार झुण्डाएर आन्दोलनकारी शक्तिहरुलाई बार्तामा बोलाउने कुचेष्टा गरेको बताउनुभयो ।

“यता बार्तामा बोलाए जस्तो गर्ने उता दुई तिहाईको दम्भ देखाउने र जनतामा भ्रम छर्ने काम उहाँहरुले गर्नुभएको छ” नेता भट्टराईले भन्नुभयो । बहुमतको आडमा संविधानसभामा सुरु गरिएको प्रक्रिया नरोकेसम्म बार्तामा नबस्ने उहाले बताउनुभयो ।

“हामी विस्तृत शान्ति सम्झौता अनुरुप सहमतिमा संविधान बनाउन चाहन्छौ, तर उहाहरु पुन ४७ सालकै संविधान व्यूताउने खेलमा हुनुहुन्छ अनि कसरी सहमति हुन्छ” उहाले भन्नुभयो ।

आन्दोलनबाट आएको शक्तिलाई पाखा लगाएर संविधानसभा अपहरण गरिएको उहाले आरोप लगाउनुभयो । कांग्रेस-एमाले नेतृत्वमा चरम अनुदारवादी शक्ति हावी भएको बताउदै माघ ११ गते जर्बजस्ती संविधानसभा अपहरण गरिएपछि आफुहरु बाध्य भई जनतामा आएको नेता भट्टराईले जिकिर गर्नुभयो ।

एक छुट्टै प्रसंगमा नेता भट्टराईले राजनीतिक अस्थिरताका कारण पूर्वराजा ज्ञानेन्द्र र भारतीय नेताहरुले पानी धमिल्याएर माछा मार्न खोजेको आरोप लगाउनुभयो ।

आफुहरुसंग पूर्वराजा ज्ञानेन्द्रको कुनै सम्झौता नभएको स्पष्ट पार्दै उहाँले कांग्रेस एमालेले राजा राख्ने गोप्य सम्झौता गरे त्यो उनीहरुकै लागि आत्मघाती हुने बताउनुभयो । “उहाँहरुले पूर्वराजासंग के सम्झौता गर्नुभएको हो त्यो जनताले थाहा पाउनु जरुरी छ” उहाले भन्नुभयो ।

कार्यक्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रक्रिया रोकेर सहमतिमा संविधान बनाउने ग्यारेन्टी भएमात्र ३० दलिय गठबन्धन संविधान निर्माण प्रक्रियामा फर्कने बताउनुभयो ।