२९ आश्विन २०८३, बिहिबार

वैज्ञानिक नगेन्द्र पौडेललाई किन एनआरएन अमेरिकाको अध्यक्ष बनाउने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

n 7

– विजय थापा 

डिसी, अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न निर्वाचन इतिहास कै सबै भन्दा प्रतिस्पर्धात्मक हुने निश्चित देखिएको छ ।

नेतृत्व लिन क्रमबद्ध रुपमा उम्मेदवारी दिने क्रम जारी छ । केहि समय अगाडी दुई दशक डिसी महानगर क्षेत्रमा बस्दै आएका वैज्ञानिक नगेन्द्र पौडेलले औपचारिक रुपमा समुदायलाई साक्षी राख्दै भब्य कार्यक्रम बीच आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

हाल सम्म अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिई सकेका छन् । पौडेलले प्रचार तथा प्रसार गर्न कम्मर कसी सकेका छन् ।

आसन्न निर्वाचनमा सामाजिक सेवाको अनुभवलाई आधार मान्ने हो भने, अध्यक्ष पदमा नगेन्द्र पौडेल योग्य तथा एनआरएन अमेरिका हाक्न सक्ने उम्मेद्वार हुन् । उनिसंग सबै भन्दा ज्यादा अनुभब पनि छ । उनले अमेरिका बसाईका पछिल्ला दुई दशक भन्दा बढीका समयमा अधिकांश प्रत्यक्ष रुपमा सामाजिक सेवा गरेको जग जाहेर छ ।

उनले नब्बेको दशकमा मिचिगन राज्यमा विद्यार्थी जीवनकालमा पनि आन्मासंग काम गरेका थिए । डिसी महानगर क्षेत्रको बसाइ सराईपछि नब्बेको मध्यतिर अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रिय कार्यालयबाट प्रकाशित हुने अन्तरदृष्‍टि नामक सामुदायिक पत्रिकाको सम्पादक रहेर काम गरे ।

सन २००१ देखी नियमित रुपमा सन २०१२ सम्म विशुद्ध सामुदायिक रुपमा रेडियो दोभान स्थापना गरि कार्यक्रम सञ्चालन गर्ने काम गरे । त्यस्तै नेपाल–अमेरिका पत्रकार संघको सभापतिमा निर्बाचित भए ।

अमेरिका नेपाल सोसाइटी ,वाशिंगटन डिसीको सभापतिमा पनि निर्वाचित भई सामाजिक संस्थाभित्र निर्बाध रुपमा सबैलाई संलग्न गराई समाज सेवा गर्ने अवसर मिल्नुपर्छ भन्ने विचारधाराका साथ संस्थाको संकुचित बिधानलाई परिवर्तन गराइ सर्वसाधारणका लागि पनि सेवा गर्ने बाटो खोलिदिएका थिए ।

परेको बेला उनी सामाजिक संस्थाका लागि मियो भएर काम गर्दै आएका छन् । अमेरिका नेपाल सोसाइटीमा वाशिंगटन डिसी तथा तथा टेक्सासमा जनसम्पर्क समितिको निर्वाचनको लागि प्रमुख भई सफलता पूर्वक निर्वाचन सम्पन्न गराउन पौडेलले अहम भूमिका खेलका छन् ।

विगत ईतिहासलाई हेर्ने हो भने उनि निर्वाचनको मैदानमा उत्रेपछि सदैब विजय हासिल गरेका छन् । पराजयको अनुभव उनिसंग छैन । यसपाली पनि पराजयले झट्का नदिने उनको विश्वास छ ।

हाल सालै नेपाल–अमेरिका पत्रकार संघले न्युयोर्कमा एनआरएन उम्मेदवारहरुसंग गरेको अन्तरक्रिया कार्यक्रममा आफ्ना विचार स्पष्ट पस्कदै चर्चा बटुलेका थिए । सबैसंगको भेटघाटले अझ आफु भित्र आत्म विश्वास जागेको र आफुलाई सबैले सघाउने आश्वासन दिएको पौडेलले बताए ।

उनको उम्मेदवारीको अमेरिका भर मात्र चर्चा नभई पुर्व संचारकर्मी सहित रहेकोले उनको चर्चा बिश्वभर यत्र तत्र सुनिन थालेको छ । प्रखर नेतृत्व शैलीको उच्च सम्मान गर्दै सबै विचार, राजनीतिक आदर्श र भिन्न तह तथा तप्काका ब्यक्तिहरुले पौडेलको उम्मेदवारी प्रति सहयोग र समर्थन गर्ने देखिन्छ ।

अध्यक्षका प्रत्यासी नगेन्द्र पौडेल प्रभावशाशी मानिन्छन । अध्यक्ष पदका प्रत्यासी पौडेलले भने अहिलेको जुन अवस्थामा एनआरएन छ त्यो भन्दा एक तह माथि उठाउने एनआरएन अमेरिकामा आउदो ३ बर्ष भित्र कम्तिमा २० प्रतिशत सदस्य बनाउन प्रयास रहने, एक पटकको नेपाली सदैव नेपाली, एनआरएनलाई छाता संगठनको रुपमा बनाउनुपर्ने तथा अमेरिकाभर रहेका अन्य संघ तथा संस्थाहरु संग समन्वय गर्ने जस्ता मुद्धाहरुमा बुलन्द आवाज निकालेका छन् ।

आफु निरन्तर सामाजिक सेवामा लागिरहने भएकाले सबैको सहयोग पाउने कुरामा विश्वस्त रहेको छु भन्दै मलाई अमेरिकाका नेपाली समुदायले मलाई मेरो बिगतको मुल्यांकन गर्दै अध्यक्षमा जिताउनु हुनेछ भन्ने पूर्ण विश्वास लागेको पौडेलले बताए ।