३० आश्विन २०८३, शुक्रबार

इनोभेटिभ दुई उपाधिनजिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3काठमाडौं, ८ फागुन । इनोभेटिभ इङलिस स्कुलको दुई टोली प्रथम स्वप्न वाटिका अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ ।

इनोभेटिभको सिनियर गर्ल्स र जुनियर ब्वाइज टोली फाइनलमा पुगेको हो ।

सिनियर गर्ल्सको पहिलो सेमिफाइनलमा बिहीबार इनोभेटिभले डेनेब एकेडेमीलाई ३८–२० ले पराजित ग-यो ।

इनोभेटिभको जितमा ममता गुरुङले १७ अंक योगदान गरिन् ।

फाइनलमा इनोभेटिभको भेट साइपाल एकेडेमीसंग हुनेछ ।

अर्को सेमिफाइनलमा साइपालले आयोजक स्वप्न वाटिका स्कुललाई ३०–२० ले हराएको थियो ।

साइपालकी डेनिशा सिंहले १८ स्कोर गरिन् ।

जुनियर ब्वाइजको पहिलो सेमिफाइनलमा इनोभेटिभले डेनेबलाई नै पाखा लगाउने क्रममा ६०–४५ को नतिजा निकाल्यो ।

इनोभेटिभका ईश्वर सापकोटाले २४ अंक जोडे ।

उपाधिका लागि इनोभेटिभले ओडिसी र अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) बीच शुक्रबार हुने दोश्रो सेमिफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । फाइनल शनिबार हुनेछ ।