१ कार्तिक २०८३, आइतबार

अन्नपूर्ण आधारशिविरमा हिमपहिरो, छ जना घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Annapurna-Adhar-sibirकाठमाडौं, ७ फागुन । अन्नपूर्ण आधारशिविरको पदमार्गमा आएको हिमपहिरोमा पुरिएर ६ जना विदेशी पर्यटक घाइते भएका छन्।

पदमार्गमा पर्ने घान्द्रुक–९, बगरमा बुधबार दिउँसो आएको हिमपहिरोमा परेर १ जना क्यानेडियन र ५ जना चिनियाँ पर्यटक (दुई युवक र तीन युवती) घाइते भएका हुन्।

स्थानीय होटल व्यवसायीले उनीहरुलाई हिमपहिरोबाट सकुशल उद्धार गरेका छन्।

उनीहरुलाई अहिले पदमार्गमा पर्ने देउरालीको सांग्रिला होटलमा राखिएको छ। सांग्रिला होटलका संचालक पोड बहादुर गुरुङका अनुसार पोखराबाट अन्नपूर्ण आधारशिविर हिडेका उनीहरु दिउँसो तीनबजे डाँडाबाट आएको हिमपहिरोमा पुरिएको नागरिक दैनिकले छापेको छ ।

हिमपहिरो आएको ठाउँ समुन्दी सतहभन्दा करिब ३३ सय मिटर उचाइमा पर्छ। ती सबै पर्यटक गाइड र भरियाबिना अन्नपूर्ण आधारशिविर जाँदै थिए।