१ कार्तिक २०८३, आइतबार

मुद्रा अपचलनको आरोपमा स्वीस प्रहरीद्वारा एचएसबीसी बैंकमा छापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HSBCकाठमाडौं, ७ फागुन । स्वीस प्रहरी अधिकारीले मुद्रा अपचलन गरेको आरोप लागेका जेनेभास्थित एचएसबीसी बैंकमा छापा मारेका छन् ।

उनीहरुले उक्त बैंक र मुद्रा अपचलनमा आशंकित अज्ञात ब्यक्तिहरुका बारेमा छानबिन गरिरहेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

उक्त अनुसन्धान सम्पत्ति अपचलनमा सम्लग्न वा सहभागी भएका आंशकित ब्यक्तिहरुसम्म विस्तार हुन सक्ने जनाइएको छ ।

एचएसबीसीले स्वीस अधिकारीहरुलाई सहयोग गरिरहेको बताइएको छ ।

उक्त बैंकमाथि आफ्ना धनी ग्राहकहरुलाई कर छल्न सहयोग गरिरहेको आरोप सार्वजनिक भएको एकहप्तापछि छापा मारिएको हो ।