विजय थापा
अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित डिसी नेपाली समाजले हिन्दुहरुको महान पर्व महाशिवरात्री धुमधामका साथ मनाएको छ ।
‘भाषा र संस्कृतिको रक्षा गरौं’ भन्ने मूल नाराको साथ स्थापित उक्त संस्थाले हरेक बर्ष शिवरात्री मनाउदै आएको छ । यसबर्ष हिमपात र मौसम सुन्य तापक्रम भन्दा १० डिग्री मुनि तापक्रम भएपनि महाशिवरात्री पर्व धुमधामका साथ मनाइएको संस्थाका पदाधिकारी दधि ढुंगानाले बताउनुभयो ।
उहाँका अनुसार हिमपात तथा प्रतिकुल मौसमका कारण मौसम यसवर्ष श्रद्धालुहरुको घुईचो बिगत बर्ष भन्दा पातलो रहेको थियो । गुरु राजेन्द्रप्रसाद खनालले पूर्ण विधिवत रुपमा पूजा अर्चना गरेका थिए, भने भजन किर्तन गरिनुको साथै श्रद्धालुहरु भक्तजनहरुलाई प्रसाद वितरण गरिएको थियो ।
शिवरात्रीको मनाउन डिसी महानगर क्षेत्र वर परका नेपाली समुदाय तथा संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपाली संस्कृतिलाई जगेर्ना गर्न डिसी नेपाल समाज सदैव तत्पर छ भन्दै यस बर्ष देखि यहि जन्मेका दोस्रो पुस्ताको लागि नेपाली भाषा कक्षा पनि संचालनमा ल्याईएको सचिब कमल पोख्रेलले बताउनुभयो ।

















प्रतिक्रिया