२९ आश्विन २०८३, बिहिबार

न्युजिल्याण्डमा काँग्रेसको जनसम्पर्क समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युजिल्याण्ड । युरोपियन देश न्युजिल्याण्डमा नेपाली जनसम्पर्क समिति गठन गरिएको छ । नेपाली कांग्रेसले न्युजिल्यान्डमा आफ्नो उपस्थिती जनाउन बाताबरणविद् बुद्धीसागर घिमिरे संयोजकत्वमा ११ सदस्यीय जनसम्पर्क समिति गठन गरेको हो ।

नेपाल आयुर्बेद चिकित्सक संघका राष्ट्रिय अध्यक्ष डा. शंकर प्रसाद पौडेलको उपस्थितिमा जनसम्पर्क समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा एनपी नेपाल र धुर्व खनाल कोषाध्यक्षमा अनिता बराल सचिबमा अभय पौडेल चयन भएका छन् ।

यस्तै, समितिको सदस्यहरुमा प्रकाश श्रेष्ठ, विवेक भण्डारी, सन्तोष दाहाल, दिपेन्द्र घिमिरे, साधना घिमिरे, गोकुल भण्डारी चयन भएका छन् । जनसम्पर्क समितिले सल्लाकार समिति समेत गठन गरेको छ ।

कमल वाइबाको नेतृत्वमा गठन भएको सल्लाहकार समितिको सदस्यहरुमा बिष्णु रेग्मी, सुमन अधिकारी, नेत्र सापकोटा र सुवास भण्डारीलाई चयन गरिएको छ । लोकतन्त्र राष्ट्रियता र समाजबादमा आस्थाबान प्रवासी नेपालीहरु मिलेर जनसम्पर्क समिति गठन भएको हो ।

जनसम्पर्क समितिका अध्यक्ष घिमिरेले बेलायत को प्रथिस्थित युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरेका छन् ।
घिमिरे २०४६ साल देखि सक्रिय राजनीतिमा संलग्न छन् । साथै समाजसेवामा समेत उत्तिकै सक्रिय छन् । पेसाले संयोजक घिमिरे बाताबरणविद् तथा मैक्रोबोइलोजीस्ट रुपमा कार्यरत छन् ।

जनसम्पर्क समिति गठन कार्यक्रममा सहभागि भएका नेपाल आयुर्बेद चिकित्सक संघका राष्ट्रिय अध्यक्ष डा. शंकर प्रसाद पौडेलले सबै पदाधिकारीलाई बधाई सहित धन्यवाद ज्ञापन गरेका थिए ।