२८ आश्विन २०८३, बुधबार

पृथ्वीनारायण शाहको ४ जात र ३६ वर्णको गाजेमाजे भनाइको रहस्य

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Census

पृथ्वीनारायण शाहले मृत्युशैयामा रहँदा “मैले सानो दुखले आर्ज्याको यो मुलुक ४ जात ३६ वर्णको फूलबारी” हो भनेर लेखाएछन् र पछि उनका दिव्यउपदेशमा यो कुरा समावेश हुन पुग्यो । यसमा ४ जात भनेको ४ हिन्दु वर्ण अनुसारका बाहुन, क्षेत्री, वैश्य, शुद्रलाई भने भन्ने त बुझिन्छ तर ३६ वर्ण चाहिं के भनेका हुन ? भन्ने कुरा बुझिन्न । यसबारेमा आजसम्म कतैबाट स्पष्ट खुलाइएको छैन । यसै सन्दर्भमा मलाई लाग्यो कि- यो ३६ वर्ण भनेको चाहिं हिन्दुइतरका अरू धर्म र सम्प्रदायका समुदायलाई भनेका हुन् । यता आएर केही कारण बस शाहमैत्री इतिहास लेख्न पर्दा इतिहासकारहरूले यसको सही व्याख्या गरेनन, त्यसैको बारेमा यो छोटो लेख लेखिएको छ :

हिन्दुशास्त्र मनुस्मृतिमा “वर्णाश्रमधर्म” भनी एकसाथ वर्ण+आश्रामको जाति र कर्तव्यको धर्मव्यवस्था गरिएको छ । यसमा चार वर्ण र ४ आश्रमको व्यवस्था छ । जातलाई नै त्यसमा “वर्ण” भनिएको छ, जो छालाको रंगको आधारमा विभाजित छन, जस्तै : ब्राह्मण सेतोवर्णको (आर्य), क्षत्री रातो वर्णको (आर्य र आदिवासी लडाकु जनजाति), वैश्य पहेंलो वर्णको (मंगोल जाति), शुद्र कालोवर्णको (अस्ट्रोलोयड र द्रविड) ।

आश्रम चाहिं एक मानवको लागि आयु १०० वर्षको हिसाव लगाई चार भागमा बाँडेर व्यवस्थित गरिएको छ । सो अनुशार पहिलो २५ वर्ष ब्रह्मचर्य (अविवाहित रही पढ्ने) + दोश्रो २५ वर्ष गृहस्थ (विवाहित रही पत्री र समाजको लागि सन्तान उत्पादन गर्ने ) + तेश्रो २५ वर्ष बानप्रस्थ (बनमा गएर ज्ञान र भक्ति उपार्जनको लागि तपस्या गर्ने) + चौथो २५ वर्ष (सन्यास लिई सम्पूर्ण सामजिक प्रपन्चबाट अलग रही समाज उत्थानको लागि आफ्ना ज्ञान समाजमा बाँड्ने भनी व्यवस्थित गरिएको छ ।

prithivi-narayan-shah

पृथ्वीनारायण शाहका यस उपदेशलाई इतिहासकार बाबुराम आचार्यले दिव्योपदेश भनेर पृथ्वी नारायणका १० भोल्युमका जीवनीमा राखेका छन् । दीव्य उपदेशजस्ता कुरामा शास्त्रमा बाझिएको कुरा उनले खुलाएर दिन सकेनन र नदिइ पनि नहुने भएको हुँदा सामान्य ढंगमा कुनै स्पष्टिकरण नदिई इतिहास लेखे र सायद यो ३६ वर्ण अन्य रक्तका समुदायलाई भनिएका हुनसक्ने कुरा उनलाई पनि हेक्का थियो तर उजागर गरेनन । उजागर गरेको भए एक त पृथ्वीनारायणमा शास्त्रको ज्ञान नभएको देखिने, अर्को उनमा देशका अन्य जातिप्रति समावेशी भाव भएको कुरो स्पष्ट हुन जान्थ्यो । संगै ३६ वर्ण भनेकों चाहीं केके र कुनकुन समुदायलाई भनेका हुन् त भन्ने गलबद्दि हुने वा वेअर्थी नै मानिन पनि सक्ने कुरा उनले सोचे पनि होलान । यही कुरा लुकाउन तत्कालिन मानसिकताले काम गरेको र अहिले त्यसबाट अनेक भ्रम सिर्जना भएको मेरो मान्यता छ ।

पृथ्वीनारायण शाह नवयुवाकालमा ज्ञान हासिल गर्न २ वर्षसम्म भक्तपुर दरबारमा बसेका थिए । आफ्नातिर जात भनिए पनि उनले नेवा: समुदायमा वर्ण भन्ने शव्द सुनेको हुनसक्छ र आफ्नातिर भनिने ४ जातलाई यसमा पृथ्वीनारायण शाहले मिसाएर गाजेमाजे गरी बोल्न पुगे । मैले त्यस्तो बुझे ।

चौधौं शताब्दी (सन् १३५४) मा मैथीलीवंशका राजा जस्थितिमल्ल नेपालका रानी देवालादेवीकी नातिनीसंग बिहे गरी नेपालका राजा हुन पुगेका थिए । उनले त्यसबखत नेपाल मण्डलमा मिथिलातिरको जस्तो वर्णाश्रम व्यवस्था देखेनन् र धेरैखाले धर्म मान्ने जातजातिहरूको मिश्रित नेवा: समुदायमा राजनीतिक, सामाजिक आर्थिक र भूमि व्यवस्थाको हिन्दु धर्म शास्त्रअनुसार स्थिति बसाल्न पुगे । सयाद उनले त्यसबेलाको नेवा समुदायमा ३६ वर्ण गने । यसरी जयस्थितिमल्लको व्यवस्थामा ४ वर्णको ठाउँमा ३६ वर्ण गनिएका थिए कि? त्यही “३६ वर्ण ” को अंक निरन्तरित भई पृथ्वीनारायण शाहले सुनेको भरमा ४ जात सगै जोडेर बोल्न पुगे कि ? मेरो यो अड्कल हुन पुग्यो । राजा जयस्थिमल्लको त्यो वर्ण व्यवस्था के थियो मैले अध्यन गर्न पाएको छैन । स्रोत पनि थाहा छैन, विद्वानहरूको लागि यो अध्ययनको विषय हुन सक्छ ।