३० आश्विन २०८३, शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सुटको मूल्य १ करोड नाघ्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi-shutनयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयोग गरेको सुटको मूल्य १ करोड नाघेको छ । मोदीले लगाएको सुटलाई लिलामीमा राखिएको थियो ।

यो सुट भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति बराक ओबामाको भारत भ्रमणका बेला लगाएका थिए । खबरअनुसार मोदीको नामले प्रिन्ट गरिएको यो सुटको मूल्य ५० लाख पुग्ने अनुमान गरिएको थियो । तर अहिलेसम्म १ करोड नाघिसकेको छ ।

भारतको गुजरात राज्यको सूरतमा प्रधानमन्त्री मोदीले प्रयोग गरेको सुटको प्रर्दर्शनी चलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ३ दिनों सम्म चल्ने प्रदर्शनीमा सर्वसाधारणले पनि उच्च मूल्यमा प्रधानमन्त्री मोदीको सुट किन्न सक्नेछ ।
जसले सबैभन्दा बढी मूल्यमा सुट किन्ने छ । त्यसैलाई सुट दिइनेछ ।