२९ आश्विन २०८३, बिहिबार

स्पेनमा संकलन भएको २ लाख बलबहादुरका आफन्तलाई हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2 – बसन्त रानाभाट

बार्सिलोना । कास्की चापाकोट धर्मडाडा मार्गी गाऊका बल बहादुर गुरुङको मृगौला प्रत्यारोपणका लागि स्पेनमा करिब २ लाख रुपिया (१ हजार ८ सय ६ युरो) संकलन गरेको छ।

स्पेनस्थित नेपाली अनलाईन मिडिया नेपालीनेपाली डटकमको पहलमा रकम संकलन भएको हो।

मिडियाले शुरु गरेको रकम संकलन अभियानमा नेपाली जनसम्पर्क समिति स्पेनले ६५ युरो, प्रबासी नेपाली मन्च ५१ युरो, कास्की सेवा समाज सस्थागत र कार्यसमिति सदस्यहरुबाट गरी २ सय ५२ युरो, तमु समाज ५५ युरो, चितवन समाज ६१ युरो र स्याङ्जा सहयोग समाज स्पेनले ५१ युरो सहयोग गर्दै अभियानमा साथ दिएका थिए। बाकी रकम स्पेनबासी नेपालीहरुले व्यक्तिगत रुपमा सहयोग गरेपछि रकम जुटेको हो ।

संकलन भएको रकम मंगलबार एक कार्यक्रमको आयोजना गर्दै गुरुङका भान्जा बेलकाजी गरुङ्लाई हस्तान्तरण गरिएको छ।

पहल गर्ने मिडिया, सहयोग गर्ने संघ सस्था र एनआरएनका प्रतिनिधिहरुले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै बक्ताहरुले एक नेपालीको जीवन रक्षाको निम्ति नेपालीनेपाली डटकमले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

कार्यक्रममा गैरआबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद् सदस्य दिपक खरेल,रास्ट्रिय समन्वय परिषद् स्पेनका अध्यक्ष एक राज गिरी,नेपाली जनसम्पर्क समितिका अध्यक्ष शालिकराम डुम्रे,प्रबासी नेपाली मन्चका अध्यक्ष दिनेश गुरुङ,तमु समाजका अध्यक्ष ज्योती गुरुङ, चितवन समाजका प्रतिनिधि उमेश अधिकारी,कास्की सेवा सहयोग समाजका अध्यक्ष दिलनाथ भण्डारी, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय परिषद् सदस्य सन्तोष श्रेष्ठ,एनआरएनए युवा प्रतिनिधि लक्ष्मण शर्मा,महिला फोरम सदस्य नारायणी तिमिल्सिना लगायतले बोलेका थिए।

नेपालीनेपाली डटकमका प्रधान सम्पादक बसन्त रानाभाटले सहयोग अभियानमा साथ दिने संघसस्था र नेपाली समुदाय प्रति आभार प्रकट गरेका छन्।

उनले भने, ‘यति धेरै रकम उठ्छ भन्ने सोचेका थिएनौ,हामीलाई समुदायले नै साथ दियो र बिरामीलाई रकम जुटाउन सक्यौ, अब सबैको कामना छ गुरुङको मृगौला प्रत्यारोपण गर्न सकियोस्।’

पोखरामा गुरुङको उपाचार गरिरहेका चिकित्सकका अनुसार गुरुङको मृगौला प्रत्यारोपण गर्न करिब १५ देखि २० लाखसम्म खर्च लाग्ने भएको छ ।

तर आर्थिक अभाबका कारण प्रत्यारोपणको हुन सकेको छैन। हप्तामा दुई पटक डाईलोसिस गराईरहेका गुरुङको उपाचारमा लाखौ रकम खर्च भईसकेकोले परिबार नै आर्थिक संकटमा परेको छ।

गुरुङको परिवारमा श्रीमती,२ छोरा र २ छोरी रहेका छन्।

गुरुङको सहयोगको लागि सहयोग समिति गठन गरी बेलायत,जापान,हङ्कङ् र कोरियाबाट पनि आफन्तहरुले सहयोग जुटाईरहेका छन्।

1 3