२९ आश्विन २०८३, बिहिबार

दाइजो नल्याएपछि जलाएकी रिहानालाई अमेरीकाबाट सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rihana recieving assistence3

– दीपक अधिकारी

अमेरिका । दाइजो नल्याएको निहुमा जलाएकी नेपालगञ्ज बाँकेकी रिहाना सेख ढापालीलाई अमेरिकाका दिलदार प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

विदेशमा असंख्य धन कमाउने र मोजमस्तीमा रमाउनेहरु नेपालीहरु प्रसस्त भइसके । धन भएका तर मन नभएका । फजुल खर्च गर्नमा लाखौं रुपैयाँ गर्न नहिचकिचाउनेहरु सामाजिक क्षेत्रमा केही रकम दिन पनि दाँतबाट पसिना निकाले जस्तो गर्छन ।

तर विदेशमा बस्ने केही नेपालीहरु यस्ता पनि छन् जो नेपालको विकासका लागि, यहाँका गरिब एबं दीन दुुःखीका लागि एउटा पुलको रुपमा स्थापित हुन चाहन्छन । तिनै दयालु दिल भएका नेपाली मध्येका एक हुन अमेरिकाको टेक्सास शहरमा बस्दै आएका दिनेश मैनाली ।

Bishesh recieving assistence2

अमेरिकाको टेक्सास शहरमा रहेको डेभलपमेन्ट फर पिस नामक संस्थाका योजनाकार एबं संस्थापक दिनेश मैनालीले त्यहाँ रहेका साथीहरुको सहयोग जुटाई दुःख र गरिबीको चपेटामा परेका नेपाली नागरिकलाई सहयोग गर्दै आएका छन् ।

दाईजो नल्याएको भन्दै जलाईएकी रिहाना सेख ढापाली र ट्युमर पिडित बिशेष उप्रेतीलाई अमेरीकाबाट सहयोग जुटेको छ । अमेरिकाको टेक्सास सहरमा बस्दै आएका दिनेश मैनाली र उनका केही साथीहरुले रकम जुटाई १ हजार अमेरिकी डलर सहयोग स्वरुप प्रदान गरेका हुन । सो रकम सोमबार नेपालगञ्जमा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय मानव अधिकार आयोगका नेपालगञ्ज प्रमुख मुरारी खरलले पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो ।

Bishesh recieving assistence1

बाँके जिल्लाको हिरमिनीया गाउँबिकास समिति वडा ८ की रिहानालाई सेखलाई उनका पति फरिद सेखले दाईजो नल्याएको भन्दै मट्टितेल खन्याएर जलाएका थिए । रिहानासँग त्यतिबेला ८ महिनाको बच्चा कोखमा रहेको थियो ।

यस्तै ट्युमरपीडित २० बर्षीय बिशेष उप्रेती बीएस्सी फार्मेसी पढ्दै थिए तर ट्युमर रोगका कारण पढाई छाडेका थिए । उनको उपचारका लागि परिवारलाई आर्थिक अभाब भएको समाचार बिभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो । उनका बाबु शसस्त्र द्धन्दको क्रममा राज्य पक्षबाट बेपत्ता पारिएका थिए ।

अमेरिकाकाको टेक्सास शहरमा बस्दै आएका मैनालीले ब्यक्तिगत रुपमा ५०० रुपैयाँ अमेरीकी डलर सहयोग गर्नुभएको थियो भने भारतका जबीर अमिर, पाकीस्तानका जफ्री अमिर र नेपालका अनिता खरेल, प्रतिमा खरेल,मधु खरेल, र नरेश खरेलले ५ सय अमेरीकी डलर सहयोग गर्नुभएको थियो ।

पिस फर डेभलपमेन्टका संस्थापक एबं योजनाकार मानिने दिनेश मैनालीले यसअघि पनि पूर्बी लमजुङको तार्कुघाटमा रहेको ज्येष्ठ नागरिक आश्रम लगायत थुप्रै संघ/संस्था र ब्यक्तिहरुलाई सहयोग गर्दै आउनुभएको छ ।

गरिबीको चपेटामा परेका र दुःख पाएका नेपालीको उद्धार गर्दा आफुलाई आनन्द मिल्ने उहाँको भनाई छ । ‘मैलेपनि सानैमा दुःख गरे, दुःख गरेर पढें र अहिले अमेरिका सम्म आईपुगेको छु उहाँले भन्नुभयो, गरिबीकै कारणबाट कोही पढाई लगायत आधारभूत आबश्यकता बाट बञ्चित छ भन्ने थाहा पाएमा आफु सहयोग गर्न तयार छु ।’

दुःख परेको अबस्थामा सहयोग गर्न सकेमात्र मानवीय ब्यबहार गरेको पुष्टी हुने उहाँले बताउनुभयो । बिदेशमा बस्ने हामीले कमाईको केही हिस्सा नेपाललाई दिन सके सम्बृद्ध नेपाल बन्न सक्ने सक्ने मैनाली बताउनुहुन्छ ।