काठमाडौं, ५ फागुन । पूर्वयुवराज्ञी हिमानीले आज थाइल्यान्डमा आफ्ना पति पूर्वयुवराज पारसलाई स्थानीय उदुङखानी जेलमा गएर भेट्ने भएकी छन् ।
बिहीबार स्वकीय सचिव स्मिता सिंहका साथ थाइल्यान्ड पुगेकी हिमानी पतिसँग भेटलगत्तै नेपाल फर्कने कार्यक्रम रहेको छ ।
उनका साथमा निजी सचिव सिंह, धीरेन्द्रपुत्री सिताष्मा, वकिल साक्छाई र केही नेपालीलेसमेतले सँगै भेट गर्ने सम्भावना रहेको छ । पूर्वरानी कोमलको पर्सि फागुन ७ गतेको जन्मदिन मनाउन उनी नेपाल आइपुग्ने नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
स्रोतका अनुसार जमानत फिर्ता लिएर निजी वकिल साक्छाईलाई परिवारले मिलाएपछि उनी समेत पारसलाई भेट्न गएकी हुन् ।
थाइल्यान्डस्थित नेपाली दुतावासको पत्रसहित नेपाली टोली उदुङखानी कारागार जान लागेको हो ।
दूतावासको आधिकारिक पत्र भएमा लामो समयसम्म भेट गर्न दिने व्यवस्था भएपछि थाइल्यान्ड पुगेको टोलीले दूतावासको पत्रसहित पारसलाई भेट्न लागेको हो ।
परिवारले आफूलाई अन्याय गरेको भन्दै पारसले गुनासो गरेपछि हिमानी उनलाई भेट्न थाइल्यान्ड पुगेकी हुन् ।















प्रतिक्रिया