काठमाडौं, ५ फागुन । आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
उसले पहिचान यात्रादेखि उपत्यकामा मार्चपाससम्मका कार्यक्रम आन्दोलनले तय गरेको छ ।
पद्मरत्न तुलधार नेतृत्वको आन्दोलनले सुरुमा खस, मुस्लिम र मधेसी नागरिकसाग फागनु ४ गते, उद्योगी व्यवसायीहरुसँग ६ गते, जनजाति संघसंस्थाहरुसाग १० गते र १८ गते अन्तर्राष्ट्रिय समूदयासाग अन्तक्रिर्या तोकेको छ ।
१४ गते आदिवासी जनजाति युवाको मार्चपास र वसन्तपुरमा प्रदर्शन राखिएको कान्तिपुर दैनिकले छापेको छ ।
फागुन २६ गतेदेखि चैत्र ७ गतेका बिचमा जनसभाको तयारी छ ।
त्यस अवधिमा बनेपा, पोखरा र ललितपुर, धनगढी, गुलरिया, घोराही, बुटबल, बिर्तामोड, उर्लाबारी, धरान, लालबन्दी, निजगढ र हेटौडामा सभा गरिने जनाइएको छ ।
फागुन २२ गते काठमाडौं उपत्यकामा चक्रपथ परिक्रमा सहितको पहिचान यात्रा गरिन कार्यक्रम आदिवासी जनजाति राष्ट्रिय आन्दोलनद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।















प्रतिक्रिया