१ कार्तिक २०८३, आइतबार

वार्ताका लागि साइत कुर्दै दलहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahalकाठमाडौ, ५ फागुन । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको संवादले राजनीतिक गतिरोध फुकाउने दिशामा सकारात्मक पहल  गरेपनि सहमतिमै संविधानका अर्न्तबस्तु टुंग्याउन प्रमुख राजनीतिक दलका नेताहरु अझै वार्तामा बस्न सकेका छैनन् ।

एमाओवादी र मधेश केन्द्रित दलसहितको विपक्षी मोर्चाले वार्तामा आउन सत्तापक्षले सहमतिमै संविधान निर्माण गर्ने प्रतिबद्धतासहितको वक्तव्य आउनुपर्ने र संविधान निर्माणको जारी बहुमतिय प्रकृया स्थगन हुनुपर्ने माग राख्दै आएको थियो ।

ती दुवै माग पूरा भइसक्दा पनि वार्तामा नआउनुलाई सत्तापक्षले आशंकाको दृष्टिले हेरेको छ भने प्रतिपक्षले वार्ताका लागि थप प्रतिबद्धता आउनुपर्ने बताएको कान्तिपुर दैनिकले छापेको छ ।

विपक्षी मोर्चाको माग अनुसार प्रधानमन्त्री कोइरालाले पुस २५ गते बक्तव्य मार्फत् ‘शान्तिप्रकृया र जनआन्दोलनका सहयात्रीसंगै मिलेर संविधान निर्माण प्रकृयामा जुट्न तथा आवश्यक सहमति र समझदारी निर्माण गर्न अविलम्ब सार्थक वार्ता सुरु गरौ’ भन्ने सन्देशसहित वार्ताका लागि अपिल गरेका थिए ।

त्यसपछि एमाओवादी अध्यक्ष दाहालकै अनौपचारिक आग्रहमा सभाअध्यक्ष सुवास नेम्वाङले पुस २९ गते संविधानसभाको बैठक अनश्चितकालका लागि रोकेका छन् ।

एमाओवादीका महासचिव कृष्णबहादुर महराले आफूहरुले देखावटी भन्दा सार्थक बार्ता चाहेको बताएका छन् ।

‘सार्थक बार्ता गरौ भन्ने हाम्रो कुरा हो । देखावटी बार्ताले कुनै काम गर्दैन’ महराले भने, ‘अनौपचारिक बार्ताबाट सहमति निकाल्यौ भन्ने हाम्रो जोड हो । तर, अनौपचारिक बार्ता पनि फलदायी हुन सकेको छैन ।’

कोइराला र दाहालबीच शनीबारको भेटवार्तापछि राजनीतिक तहमा औपचारिकरअनौपचारिक कुनै बार्ता भएको छैन ।

कांग्रेस सहमहामन्त्री पुर्णवहादुर खडका संविधानसभाको जारी प्रकृया अनिश्चितकालका लागि रोक्दा पनि बार्ता सुरु नभएमा नकारात्मक सन्देश जाने बताउँछन ।

‘एमाओवादी सहितको विपक्षी मोर्चाको आग्रहमा प्रधानमन्त्रीले बक्तव्य मार्फत बार्तामा आउन अपिल गर्नुभयो ।

संविधानसभाको बैठक नतोकी स्थगित गरेमा विश्वासिलो वातवरण बन्छ भन्ने आग्रहमा प्रकृया रोकियोुखडकाले भने,’अब पनि बार्तामा नबस्ने हो भने विपक्षी मोर्चाले बार्तानै नचाहेको हो कि भन्ने आशंका बढाउँछ ।’

बालुवाटार स्रोतका अनुसार एमाओवादी अध्यक्ष दाहालले फागुन १६ गते सम्मको विरोधका कार्यक्रम फिर्ता लिन सक्ने अवस्था नभएको जनाउ दिदै त्यसपछि मात्रै बार्तामा बस्न सकिने बताएका थिए ।

‘एमाओवादीसहितको विपक्षी मोर्चा १६ गतेको कार्यक्रमका लागि केन्द्रित भएका छन ।

एमालेपनि आफ्नो पार्टी बैठकमा व्यस्त छ । कांग्रेसलेपनि ६ गतेबाट केन्द्रीय समितिको बैठक बोलाएको छु प्रधानमन्त्री कोइराला निकट एक मन्त्रीले भने, ‘पार्टीहरुको आ-आफ्नो बैठक र कार्यक्रम सकेर मात्रै सार्थक बार्ता सुरु हुने देखिन्छ ।’

एमालेको पार्टी बैठकका कारण कांग्रेस र एमालेबीच पनि दुई दिनदेखि बैठक हुन सकेको छैन ।

कांग्रेस सहमहामन्त्री खडकाले भने विपक्षीले विरोध सभा, कांग्रेस र एमालेको पार्टी बैठकले बार्ता रोकिन नसक्ने बताउँछन ।

‘प्रधानमन्त्री र सत्तपक्षका अरु नेताहरुले आन्दोलन रोकेर बार्तामा आउनुपर्छ भनी सर्त राखेको अवस्था छैन । संविधानसभाको प्रकृया रोकर बार्ताका लागि मार्ग प्रशस्त गरेपछि कस्तो सन्देश जान्छ भन्ने कुरा प्रचण्ड र विपक्षी मोर्चाले सोच्नुपर्छ’ खडकाले भने, ‘वार्तामा आउन अप्ठ्यारो मान्नुपर्ने कुनै अवस्था अब विद्यमान छैन । आन्दोलनको तयारी गर्दागदैपनि बार्तामा बस्न मिल्छ ।’