३० आश्विन २०८३, शुक्रबार

संविधान निर्माणमा अवरोध गर्नेलाई कांग्रेसले ठिक पार्छ : उपप्रधानमन्त्री सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-singhकाठमाडौँ, ४ फागुन । उपप्रधान तथा संघिय मामिला एवम स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसले समन्वयात्मक भूमिका निर्वाह गरेर सबैलाई चित्त बुझ्ने लोकतान्त्रिक संविधान जारी गर्ने प्रयास गरिरहेको बताउनुभएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालद्वारा प्रस्तुत संवाद तथा सहमतिबाट छिट्टै लोकतान्त्रिक संविधान जारीका लागि प्रस्तुत गरिएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले संविधानसभाबाट यथाशक्य छिटो लिखित लोकतान्त्रिक संविधान दिएर देशमा राजनीतिक स्थिरताको जग हालिने दृढता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका उपप्रधानमन्त्री सिंहले कांग्रसले संविधान बन्न नदिने जुनसुकै शक्तिलाई तह लगाउने चेतावनी समेत दिनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो—“जसरी भए पनि संविधान ल्याउनुपर्छ, बिनासंविधान संविधानसभालाई अवसान हुन दिन हुँदैन यदि सहमति हुन सकेन् भने प्रक्रियाबाट भए पनि संविधान ल्याउनुपर्छ भन्ने सबैको चाहनालाई पूरा गर्ने छौँ ।”

हाम्रो कारणले संविधानसभा गठन भएको हो भन्ने भनाइ सडक आन्दोलनबाट संविधान जारी गर्छौं भन्ने आन्दोलनकारी दलहरुको व्यवहारले प्रस्ट्याएको उल्लेख गर्दै उहाँले भन्नुभयो— “आफैँले ल्याएको संविधानसभाको प्रक्रियाबाट लोकतान्त्रिक संविधान जारी गर्न खोज्दा प्रस्तुत गरिएको अलोकतान्त्रिक चरित्रबाट कसले संविधानसभा चाहेको रहेछ भन्ने स्पष्ट भएको छ ।”

“सङ्क्रमणकालबाट राष्ट्रिय राजनीतिक गुज्रँदै आएकाले संविधानसभाबाट लिखित संविधान जारी नगरेसम्म शान्ति प्रक्रियाले सार्थकरुपमा पूर्णता प्राप्त गर्न नसक्ने भएकाले शान्ति प्रक्रियाको अत्यन्त महत्वपूर्ण अङ्गका रुपमा रहेको संविधान निर्माण प्रक्रियालाई यथाशक्य छिटो निष्र्कषमा पु¥याउनुपर्छ”— उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

जनआन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशीजस्ता उपलब्धिलाई संस्थागत गर्ने मार्गबाट नेपाली काँग्रेस कदापि पछाडि नहट्ने प्रतिबद्धता जनाउँदै उहाँले जस्तोसुकै दुःखकष्ट बेहोर्नु परे पनि आन्दोलनका उपलब्धिलाई संस्थागत गरेरै छोड्ने दृढता व्यक्त गर्नुभयो ।