१ कार्तिक २०८३, आइतबार

‘सार्वजनिक कार्यक्रममा जानै मन लाग्दैन, टर्चर नै हुँदोरहेछ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunil-Bahadur-Thapaकाठमाडौं, ४ फागुन ।  ‘मकहाँ ग्यास सिद्धियो । चिनेको पुलिस इन्स्पेक्टरलाई भनें । एक घण्टामा ग्यास ल्याइदियो । पैसा दिएको मरिगए लिन मानेन । हिँड्ने बेला इन्स्पेक्टरले डिएसपी बढुवामा सिफारिस गरिदिन भन्दै चिट दिए,’ यो भनाइ कांग्रेस नेता प्रदीप गिरिको हो ।

उनी आइतबार संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा ग्यास अभावबारे कटु अनुभव सुनाउँदै थिए । उनले कालाबजारीका कारण ग्यास हाहाकार भइरहेको पुष्टि गर्न आफ्नै अनुभव उदाहरण दिएका हुन् । ‘ग्यास नै थिएन भने ती इन्स्पेक्टरले एक घण्टामा कसरी ल्याए,’ उनले थपे, ‘छ भने बजारमा किन पाइँदैन ।’

गिरिले माग र आपूर्तिको सिद्धान्तमा बजार चल्ने बताए । ‘जब माग र आपूर्तिको खुला बजार सिद्धान्तले काम गर्दैन, राज्य प्रवेश गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो प्रणालीभित्र रहेको खराबीका कारण ग्यास अभाव भएको हो ।’

सभासद सुशीला नेपालले ग्यास अभावका कारण जनतासामु लाजमर्दो हुनुपरेको बताइन् । ‘बत्ती बाल्यो, बत्ती आउँदैन, धारा खोल्यो पानी आउँदैन, बजारमा ग्यास पाउँदैन,’ उनले भनिन्, ‘अनि सुशासन कसरी हुन्छ रु जनतासामु कुन मुख लिएर जाने  आउँछ आउँछ पख्नुस् भन्दाभन्दै ३/४ महिना बितिसक्यो । मन्त्रीज्यू, ग्यास कहिले आउँछ भन्नुपर्‍यो । हामीले पनि जनतालाई जवाफ दिनुपर्छ ।’

वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले ग्यास अभावको समस्या समाधान गर्न नसक्दा आफू पनि लाजमर्दो हुनुपरेको बताएको कान्तिपुर दैनिकले छापेको छ । ‘मलाई पनि त्यत्तिकै लाज हुन्छ’, उनले भने, ‘सार्वजनिक कार्यक्रममा जानै मन लाग्दैन । टर्चर नै हुँदोरहेछ ।’

भारतको बरौनी प्रशोधन केन्द्र नियमित मर्मत सम्भारका लागि बन्द भएका बेला आपूर्तिको वैकल्पिक व्यवस्था गर्न नसक्दा, अभावका बेला बजार र क्षमता कम भएका साना उद्योगलाई कोटा थप्दा, व्यवसायीले उपभोक्तालाई नयाँ सिलिन्डर भिडाउँदा, जाडो महिनामा माग बढे पनि त्यसअनुसार आपूर्ति गर्न नसक्दा र कालाबजारीका कारण ग्यास अभाव भएको हो ।